नवौं कपिलवस्तु डान्स आईडलको अडिशन राउन्डको तयारि पुरा भएको छ ।
यहिँ मंसिर १९ गते बाट बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा सन्चालन हुन लागेको एघारौं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औधोगिक प्रदशनीे एवंम नवौं कपिलवस्तु डान्स आईडलका लागि तयारि पुरा भएको हो ।
वितगका वर्ष भन्दा फरक हुने भएकाले दर्शकहरुलाई अत्याधिक मनोरञ्ंजन दिनुका साथै कपिलवस्तुका कुना कुनामा लुकेर रहेका प्रतिभाहरु प्रस्फुटन गरि बाहिर ल्याउने उदेश्यका साथ आईडलको अडिशन राउन्डको तयारि गरिएको आईडल संयोजक अंमृत केसिले वैखरी अनलाइन लाई जानाकारि दिए । अडिशन कपिलवस्तु उधोग बाणिज्य संघको हलमा हुने छ ।