गृहपृष्ठ खबर सैनामैनामा बाल गृहमा कम्प्युटर हस्तान्तरण

सैनामैनामा बाल गृहमा कम्प्युटर हस्तान्तरण

प्रकाशित मिति:

सैनामैना १ बनकट्टा स्थित अभियान बाल गृहमा कम्प्युटर हस्तान्तरण गरिएको छ । सामाजिक क्रियाकलापमा सक्रिय संस्था रोट्रयाक्ट नेपाल अन्र्तगत जोन १२ मा रहेको रोट्रयाक्ट क्लव अफ लुम्बिनी वाणिज्य क्याम्पसद्धारा बाल गृहमा १ थान कम्युटर हस्तान्तरण गरिएको हो ।

एक कार्यक्रमको आयोजना गरी क्लवले बाल गृहका संरक्षक तिलक शाहीलाई हस्तान्तरण गरेको हो । क्लवका अध्यक्ष ईश्वरी प्रसाद बन्जाडेले क्लवले विभिन्न सामाजिक कार्य अन्र्तगत शैक्षिक क्षेत्रलाई प्रथामिकता दिएको बताउनुभयो । अध्यक्ष बन्जाडेले तिहारमा खेलिएको देउसी भैलोमा उठेको रकम मध्ये केही रकम छुट्याएर अभियान बाल गृहमा कम्प्युटर हस्तान्तरण गरिएको उल्लेख गनुभयो ।
कार्यक्रममा बाल गृहका संरक्षक तिलक शाहीले बाल गृहको स्थापना सँगै विभिन्न कठिनाई र सहयोगी हातहरुका बारेमा जानकारी गराउनुभयो । साथै शाहीले क्लवले सामाजिक उत्तरदायित्व बहन गर्दै वर्तमान समयअनुसार प्रविधियुक्त सामाग्री हस्तान्तरण गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो– देउसी भैलोमा उठेको रकमले बनभोज,भम्रणको आयोजना नगरी गृहमा आएर सहयोग गर्नु नै मेरो प्रयासमा ईट्टा थप्नु हो । ”

क्लवका पुर्व अध्यक्ष निरिप फौदारले कम्प्युटर हस्तान्तरण कार्यक्रमले शैक्षिक क्षेत्रमा गृहका बालबालिकालाई ठुलो राहात पुग्ने विश्वास व्यक्त गर्दैै यसको पुर्ण लाभ लिन समेत आग्रह गर्नुभयो । क्लवले सामाजिक कार्यहरु गरेकोमा प्रशंसा गर्दै थप प्रभावकारी कार्यहरु गर्न समेत सुझाव दिनुभयो ।

कार्यक्रम क्लवका अध्यक्ष ईश्वरी प्रसाद बन्जाडेको अध्यक्षता, अभियान बाल गृहका संरक्षक तिलक शाही, पुर्व अध्यक्ष निरिप फौदारको आतिथ्यतामा भएको हो । कार्यक्रम संयोजक अमित गुप्ताको स्वागत तथा नोमिनी प्रेसिडेन्ट बरुण ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो । बाल गृहमा १२ जना बालबालिकाहरु रहेका छन् ।

सम्बन्धित् समाचार