नवौं कपिलवस्तु डान्स आईडलको पहिलो चरणको अडिशन राउन्ड शनिवार सम्पन्न भएको छ । पहिलो चरणको अडिशन राउन्डमा चार जना छानिएका छन । बिस जना प्रतिस्प्रधी जसमध्य कुसुम दर्लामी ,दिपक भारती ,सैगात लम्साल र श्रेया शर्मा गरि चारजान छानिएका हुन ।
समग्र प्रतिस्प्रधी मध्यबाट दुई जनाले पुनः मौका पाउने गरि दोश्रो चरणको अडिशनका लागि बोलाईएको छ । यहिँ मंसिर १९ गते बाट बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा सन्चालन हुन लागेको एघारौं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औधोगिक प्रदशनीे एवंम नवौं कपिलवस्तु डान्स आईडलका लागि अडिशन भएको हो ।
विगतका वर्ष भन्दा फरक हुने भएकाले दर्शकहरुलाई अत्याधिक मनोरञ्ंजन दिनुका साथै कपिलवस्तुका कुना कुनामा लुकेर रहेका प्रतिभाहरु लाई प्रस्फुटन गरि बाहिर ल्याउने उद्धेश्यका साथ आइडलको अडिशन राउन्डको तयारि गरिएको आइडल संयोजक अंमृत केसिले वैखरी अनलाइन लाई जानकारि दिए ।
अडिशन कपिलवस्तु उधोग बाणिज्य संघको हलमा भएको थियो । पहिलो चरण अडिशन राउन्डको संचालन हरि घिमिरेले गरेका थिए । दोस्रो चरणको अडिशन आउँदो बुधवार हुने आयोजकले अनलाइन लाई जानकारि दिएको छ ।