बाणगंगा नगरपालिका वडा न. ५ खरको छाना मुक्त वडा हुने भएको छ । वडाले गरिब तथा निमुखा जनताहरु लाई लक्षित गरि यस्तो कार्यको सुरुवात गरेको हो ।
शुभकार्यको सुरुवातमा गरिबको घरमा टिनको छाना लगाएर आईतवार समुद्धघाटन हुने वडाले जनाएको छ । बाणगङ्गा नगरपालिका वडा नं ५, कोपवाको आयोजनामा बाणगङ्गा नगरकै एक नमुना एवं गरिब तथा निमुखा जनता लक्षित योजना अन्तरगत खरको छाना मुक्त गराउने भएको हो ।
हामी गरिबका लागि ५ नं वडा भन्ने नाराका साथ वडालाई खरको छाना मुक्त गराउने कार्यक्रमको बिशेष समारोहका बिच गरिबको घरमा टिनको छाना लगाई समुद्घाटन गर्ने कार्यक्रम राखेको वडाध्यक्ष भिष्मराज भुसालले वैखरी अनलाइन लाई जानकारि दिए ।
कोपवा गाउँ पुर्व टोलमा बिहान ७ ३० बजे कार्यक्रम आयोजना गरिएको उनले वताए । कार्यक्रममा नगरपालिकाका सबै जनप्रतिनिधि, स्थानिय राजनितिक दलहरु, विभिन्न संघ संस्थाहरु, मिडियाकर्मी पत्रकारहरू, टोल बिकास संस्थाहरु, समाजसेवी महानुभावहरु तथा सम्पुर्ण वडा बासी सहभागि हुन अध्यक्ष भुसालको आग्रह गरे ।