गृहपृष्ठ Featured रोटरी सैनामैनाद्धारा शैक्षिक सामाग्री हस्तान्तरण, ९० जनाले पाए ‘झोला’

रोटरी सैनामैनाद्धारा शैक्षिक सामाग्री हस्तान्तरण, ९० जनाले पाए ‘झोला’

रुपन्देहीको सैनामैनामा रहेको रोटरी क्लव अफ सैनामैनाले शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । रोटरी क्लवले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रथामिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु अन्र्तगत विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।

क्लवले सैनामैना ५ बुद्धनगरमा रहेको मलमला माध्यमिक विद्यालयका ३० जना, बाँसगढी स्थित जनचेतना माध्यमिक विद्यालयका ३० जना र कन्चनमा १ मटेरियामा रहेको गौतम बुद्ध आधारभुत विद्यालयका ३० जना विद्यार्थीलाई झौला सँगै कापी,कलम,खेलकुद लगायतका सामाग्री हस्तान्तरण गरिएको क्लवका अध्यक्ष प्रेम कुमार शर्मा सागरले जानकारी दिए । उहाँले आर्थिक अवस्था कमजोर भएका कक्षा १ देखी ६ सम्म अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तारन्तरण गरिएको बताए ।

अध्यक्ष शर्माले अर्घाखाँचीमा समेत शैक्षिक सामाग्री वितरण गर्ने योजना रहेको उल्लेख गरेका थिए । क्लवका संस्थापक अध्यक्ष मिन प्रसाद पौडेलले राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा नै रोटरीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई आत्मसात गरेर कार्यहरु गरेको बताए । उहाँले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेर क्लवले सामाजिक उत्तरदायित्व समेत बहन गरेको बताए ।

 

यसैगरी विद्यार्थीहरुको अध्ययनका लागि थप हौसला र प्रेरणा मिलेको विद्यालयहरुको भनाई छ । मलमला माविका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पदमपाणी चापागाईले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न यस किसिमको सहयोगले टेवा पुर्याउने बताए । झोल प्राप्त गरेपछि विद्यार्थीहरु खुसी सँगै पठनपाठनका लागि थप उत्साहित देखिएको कार्यक्रमको संयोजक रामप्रकाश गौतमले जानकारी दिए ।

सम्बन्धित् समाचार