गृहपृष्ठ Featured रोटरी सैनामैनाद्धारा शैक्षिक सामाग्री हस्तान्तरण, ९० जनाले पाए ‘झोला’

रोटरी सैनामैनाद्धारा शैक्षिक सामाग्री हस्तान्तरण, ९० जनाले पाए ‘झोला’

प्रकाशित मिति:

रुपन्देहीको सैनामैनामा रहेको रोटरी क्लव अफ सैनामैनाले शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । रोटरी क्लवले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रथामिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु अन्र्तगत विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।

क्लवले सैनामैना ५ बुद्धनगरमा रहेको मलमला माध्यमिक विद्यालयका ३० जना, बाँसगढी स्थित जनचेतना माध्यमिक विद्यालयका ३० जना र कन्चनमा १ मटेरियामा रहेको गौतम बुद्ध आधारभुत विद्यालयका ३० जना विद्यार्थीलाई झौला सँगै कापी,कलम,खेलकुद लगायतका सामाग्री हस्तान्तरण गरिएको क्लवका अध्यक्ष प्रेम कुमार शर्मा सागरले जानकारी दिए । उहाँले आर्थिक अवस्था कमजोर भएका कक्षा १ देखी ६ सम्म अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तारन्तरण गरिएको बताए ।

अध्यक्ष शर्माले अर्घाखाँचीमा समेत शैक्षिक सामाग्री वितरण गर्ने योजना रहेको उल्लेख गरेका थिए । क्लवका संस्थापक अध्यक्ष मिन प्रसाद पौडेलले राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा नै रोटरीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई आत्मसात गरेर कार्यहरु गरेको बताए । उहाँले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेर क्लवले सामाजिक उत्तरदायित्व समेत बहन गरेको बताए ।

 

यसैगरी विद्यार्थीहरुको अध्ययनका लागि थप हौसला र प्रेरणा मिलेको विद्यालयहरुको भनाई छ । मलमला माविका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पदमपाणी चापागाईले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न यस किसिमको सहयोगले टेवा पुर्याउने बताए । झोल प्राप्त गरेपछि विद्यार्थीहरु खुसी सँगै पठनपाठनका लागि थप उत्साहित देखिएको कार्यक्रमको संयोजक रामप्रकाश गौतमले जानकारी दिए ।

सम्बन्धित् समाचार