कपिलवस्तु मंसीर ८।
कपिलवस्तुको महाराजगंज नगरपालिकाको आयोजना र छन्द कालेबाबु नारायणी आखाँ अस्पाताल बहादुरगंजको प्राविधिक सहयोगमा निशुल्क आखाँ शिविर सञ्चालन गरीएको छ । महाराजगंजको फलहारी बाबा बहुमुखी क्याम्पसको प्रंगणमा शनिवार देखी ३ दिने निशुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।
मंसीर ७ गते देखि ३ दिन सम्म संचालन हुने शिविरमा कपिलवस्तुको अधीकांस स्थानका करिब ५ सय ५० जना आँखाका रोगीले निशुल्क आँखा उपचार सेवा लिएको महाराजगंज नगरपालिका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो । शिविरमा आँखा नदेख्ने मोतिविन्दु लागेका आँखाको रोगीहरुको आँखा अप्रेसन कार्य जारी रहेको नगर प्रमुख अब्दुल कलामले बताउनु भयो । महाराजगंज नगरपालिकाका ग्रामीण बस्तीहरुमा समेत पुगी सुचना प्रवाह गरी निशुल्क आँखा उपचार सेवा प्रदान गरेपछी आँखा शिविरमा आएका स्थानियले बताएका छन । मानवको संसार देखाउने अत्यन्तै सम्बेदनशिल मानिने आँखा भएकाले सानो समस्या हुदाँ झार फुखतर्फ नलागी निशुल्क आँखा उपचार गराउन आएको स्थानियले बताएका छन ।
शिविरमा ५ सय ५० जनाले आखा चेकजाच गराएका छन । जसमध्ये ४० जनामा मोतियाविन्दुको समया देखापरेकोमा उनिहरुलाई शिविरमै निशुल्क अपरेशन र औषधी समेत वितरण गरिएको छ । कपिलवस्तुको महाराजगंज नगरपालिकाको आयोजना र छन्द कालेबाबु नारायणी आखाँ अस्पाताल बहादुरगंजको प्राविधिक सहयोगमा निशुल्क आखाँ शिविर सञ्चालन गरीएको छ । शिविर सोमबार समापन हुनेछ । आर्थिक अभाव तथा सेवा लिन अस्पताल आउन नसकेका मोतिविन्दुको कारणले दुबै आँखाको दृष्टि गुमाएर लामो समय देखि कष्टकर जीवन निर्वाह गरिरहेका आँखाका विरामीहरुले निशुल्क पुनः दृष्टि पाउँदा हर्षित देखिएका थिए ।