गृहपृष्ठ खबर सैनामैनाको नगर यातायात गुरुयोजना सर्वसम्मत पारित

सैनामैनाको नगर यातायात गुरुयोजना सर्वसम्मत पारित

प्रकाशित मिति:

बढ्दो शहरीकरण संगै पुर्वाधार विकासलाई सैनामैना नगरपालिकाले तिव्रता दिएको छ । पुर्वाधारको मेरुदण्डको रुपमा रहने बाटोलाई उच्च प्राथमिकताका साथ नगरले विकास निर्माण गरेको पाइन्छ ।

५ वर्षको अवधिमा सैनामैनाका क्षेत्राधिकार भित्र पर्ने मापदण्ड पुरा भएका मार्गहरु कालोपत्रे गर्ने नगरपालिकाले लक्ष्य लिएको छ । दिर्घकालिन विकासका लागी सैनामैना नगरपालिकाले नयाँ नगरस्तरीय यातायात गुरुयोजना आज सर्वसम्मत पारित गरेको छ । नगरपालिकाले राजनितिक ,सरोकारवाला,जनप्रतिनिधी,विभिन्न संघसस्थाका प्रतिनिधी र स्थानीयहरु संगको प्रारम्भिक छलफलबाट सो योजना पारित गरेको होे ।

सैेनामैना भित्र पर्ने साना तथा ठुला सडकहरुलाई चार चरणमा वर्गिकरण गरिएको छ । जस अन्र्तगत ‘क’ वर्गमा पर्ने सडकका चौडा १४ मिटर अर्थात ५० फुट हुनेछ, जसमा चक्रपथ पर्दछन् । त्यस्तै ‘ख’ वर्गका सडक १० मिटर अर्थात ३० फुटका हुनेछ जसमा ५–५ सेट ब्याक रहनेछ र यसमा लोकमार्गका मुख्य सडकहरु पर्नेछन,‘ग’ वर्गमा ८ मिटर अर्थात २५ फुट ५–५ सेट ब्याक हुुनेछन् । जसमा भित्रि सडक पर्नेछन । यस्तै ‘घ’ वर्गमा पर्ने सडक ६ मिटर अर्थात २० फुटका हुनेछन् जसमा भित्री सानाबाटा तथा गल्ली पर्नेछन् । पहिले बनाएको गुरु योजना भन्दा अहिले निर्माण भएको गूरुयोजनामा सडक फराकिला बनाइएको हो ।

सो छलफलले नगर प्रमुख चित्र बहादुर कार्कीको अध्यक्षतामा नगरस्तरीय यातायात गुरु योजना समन्वय समिति गठन समेत गरेको छ । जसमा नगर उपप्रमुख विना राना,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारी,नापी प्रमुख,योजना प्रमुख,११ वटै वडाका जनप्रतिनिधीहरुको प्रतिनिधीत्व,राजनितिक दलका प्रतिनिधित्व हुने गरि समिति बनेको नगरपालिकाले जनाएको छ । गठित समितिले केहि दिनमै काम सुरु गर्दैछ ।

सवैभन्दा पहिला नगरपालिका भित्र पर्ने बाटोको अनुगमन गरि कुन बाटोे कुन वर्गीकरणमा पर्दछ भन्ने ट्ुङगो लगाइने सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्कीले बताउनुभएको छ । साथै बर्गिकरण गरेका बाटाहरुलाई नामकरण गरि अवकोे दुई महिना भित्र कार्यान्वयनमा ल्याउने मेयर कार्कीको भनाई छ । अवका बाटा फराकिला,सुविधाजनक हुनेमा मेयर कार्कीले विश्वास व्यक्त गर्नुभयो ।
यो गुरुयोजनाले आवगमनमा कुनैे समस्या नआउने प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीले बताउनुभयो । अव बन्ने सडकहरुको क्षेत्राधिकार भित्र पर्ने जग्गामा कुनै अस्थायी संरचना नहुने गरि कार्यान्वयनको कामलाई चुस्त बनाइने बताउनुभयो । अव लागु हुने यो गुरुयोजना नगरबासीहरुरका लागी हर्षको विषय रहेको भण्डारीको भनाई छ । कार्यक्रम नगरको सभाहलमा भएको हो ।

सम्बन्धित् समाचार