गृहपृष्ठ Featured लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक

प्रकाशित मिति:

काठमाडौँ । नागरिक अगुवाले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ। सीमा बचाउन अभियानले पत्रकार सम्मेलनको आयोजना गरेर नेपालको नक्सा सार्वजनिक गरेको हो।

अग्रज पत्रकार भैरव रिसालको संयोजकत्व बनेको समितिले त्यो नक्सा सार्वजनिक गरेको हो। यो उससमितिमा डा। द्वारिकानाथ ढुंगेल र प्रा। डा। नरेन्द्रराज खनालसहित भूगोलविद सहभागी छन्। समितिले लिम्पियाधुरालाई काली नदीमा उद्गमस्थल मानेर नक्सा बाहिर ल्याएको हो। लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएको खनालले बताए। उनका अनुसार सुगौली सन्धिको ताकाको नक्सा र २०१८ सालको जनगणनाको आधारमा बनाइएको छ।

उनले सन १९११ को गडुवालको गजेटलाई नक्सा बनाउँदा आधार बनाइएको बताए। ‘पश्चिममा सक्कली काली र उत्तरमा पानी ढलो अर्थात् पहाडको लेकै लेक लगेर नक्सा जोडियौँ’, उनले भने। सक्कली काली नदी पश्चिम कालापनी रहेको पाइएको उनले बताए। सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले भारतद्वारा नेपाली भूभागमा गोलमाल भएको कारण नयाँ नक्सा सार्वजनिक गर्नुपरेको बताए।

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले भारतले निकालेको नक्सालाई काउन्टर गर्न नक्सा सार्वजनिक गरिएको बताए। पूर्वसचिव तथा अभियानकर्ता डा। द्वारिकानाथ ढुंगेलले तयार पारिएको नक्सा नेपाल सरकार हुँदै संयुक्त राष्ट्रसंघसम्म पुर्‍याउने पर्ने बताए। अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर रहेकाे छ ।

सम्बन्धित् समाचार