गृहपृष्ठ Featured अर्घाखांचीका ७० वर्षीय वृद्धको भीरबाट खसेर ज्यान गयो

अर्घाखांचीका ७० वर्षीय वृद्धको भीरबाट खसेर ज्यान गयो

प्रकाशित मिति:

सन्धिखर्क । अर्घाखांची जिल्लाको भूमिकास्थान नगरपालिकामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ ।

भूमिकास्थान नगरपालिका ९ डेभाका स्थानीय ७० वर्षीय जगबहादुर नेपाली घर नजिकैको भीरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए ।

सधैं मदिरा सेवन गरेर हिँड्ने उनी मदिराका कारण भीरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ । घटना बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार