गृहपृष्ठ Featured मेडिकल कलेजलाई सरकारको नयाँ अल्टिमेटम : २४ घण्टाभित्र अतिरिक्त शुल्क फिर्ता नगरे ठगी मुद्दा

मेडिकल कलेजलाई सरकारको नयाँ अल्टिमेटम : २४ घण्टाभित्र अतिरिक्त शुल्क फिर्ता नगरे ठगी मुद्दा

प्रकाशित मिति:

मेडिकल कलेजहरुले अवैध रुपमा असुलेको शुल्क फिर्ता फिर्ता नगरे २४ घण्टाभित्र सरकारले कारवाही गर्ने भएको छ । सोमबार गृहमन्त्रालयमा भएको छलफलले अवैध शुल्क असुल्ने कलेज विरुद्द एक्सनमा उत्रिने निर्णय गरेको स्रोतले बताएको छ।

छलफलमा गृहमन्त्री रामबहादुर थापा बादल शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधीवक्ता अग्नि खरेललगायत सहभागी थिए । ‘विद्यार्थी र अभिभावक ठगिएको टुलुटुलु हेरेर राज्य बस्न सक्दैन । भोलिदेखि मेडिकल कलेजविरुद्द सरकारको एक्सन सुरु हुन्छ’ बैठकमा सहभागी एक सदस्यले भने,  ‘एक्सन के गर्ने भन्ने कुरा सुरक्षाको कुरा हो, भएपछि थाहा हुन्छ।’

मेडिकल कलेजहरुलाई शुल्क फिर्ता गर्न सरकारले दिएको १५ दिनको अल्टिमेटम आज सकिएको हो । तर कुनै पनि कलेजले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गरेका छैनन् ।

सम्बन्धित् समाचार