कपिलवस्तुको लागी नृत्य क्षेत्रमा कपिलवस्तु डान्स आइडल सबैभन्दा ठुलो मैदान भएको चर्चीत मोडल तथा नृत्य निर्देशक हरि शरण रिजालले बताएका छन ।
यही १९ गते बाट कपिलवस्तुको बाणगंगा नगरपालिका चार नः जितपुरमा आयोजना हुन लागेको कपिलवस्तु महोत्सव अन्र्तगत कपिलवस्तु डान्स आइडल कपिलवस्तुका लागी नृत्य क्षेत्रमा रुची राख्नेहरुका लागी सबैभन्दा ठुलो मैैदान भएको बताएका छन । आइडलमा बिगतका आइडलमा सहभागि मध्य उत्कृष्ट ५ मा पर्ने पनि सहभागि हुन सक्ने डान्स आइडल संयोजक अमृत केसिले वैखरी अनलाइनलाई जानकारी दिए ।
नृत्यमा रुची राख्ने जिल्ला बासीले यस मौकाको फाइदा लिनका लागी निर्णायक हरि शरण रिजालले आग्रह समेत गरेका छन । यही १९ गतेबाट सुरु भई पुस १ गते सम्म आयोजना हुने कपिलस्तु महोत्सवमा आफनो प्रतिभा देखाई आफनो परिचय बनाउन उनले आग्रह समेत गरेका छन । डान्स आइडलमा प्रथम हुनेले नगद रु १,११,१११ द्धितृय हुनेले नगद रु ६६,६६६ तृतिय हुनेले ४४, ४४४ र सान्तवना हुनेले २२,२२२ साथै थुर्पै आर्कषक पुरस्कार पाउने आयोजक बाणगंगा वेलफेयर सोसाइटीका निबर्तमान अध्यक्ष पदम सेनले बताएका छन ।