पाँचौराष्ट्रिय उद्योग दिवसमा ५ जना महिला सहीत ६ जनालाई सम्मानित गरिएको छ । घरेलु तथगा साना उदोग संचालन गरेर नमुना काम गरे बापत तौलिहवामा उनीहरुलाई दोसल्ला ओढाएर सम्मानित गरिएको हो ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनाल, र बिष्णु प्रसाद ज्ञवालीले उनीहरुर्ला रातो टीका र दोसल्ला ओढाएका थिए । ढाका उद्योग तर्फ बाणगंगा नगरपालिकाकी लक्ष्मी सारु, ब्लक उदोगमा फुल कुमारी श्रेष्ठ, दुना टपरीमा बुद्धभुमी नगरपालिकाकी भीमा पोख्रेल सम्मानित भएका छन ।
डल कुसन उद्योग तर्फ बुद्धभभुमी नगरपालिका कै रिता थापा, अगरत्ती उद्योगमा शान्ति गुप्ता र फर्निचरमा बाणगंगा नगरपालिकाका दिल बहादुर श्रेष्ठ सम्मानित भएका थिए ।








