बाणगंगा नगरपालिका वडा नः ७ का सुर्य प्रसाद बराललाई वडा अध्यक्ष गिरिले बदनाम गर्न खोजेको पाइएको छ । बिभिन्न सञ्चार माध्ययममा वडा अध्यक्ष गिरि आफै गई एकतर्फी कागज देखाउदै बरालको बदनाम गर्न खोजेका हुन । बैदेशिक रोजगारीका सिलशिलामा बरालले बिदेश पठाएका बिजय ठाकुरले आफु कुनै अन्यायमा नपरेको वैखरी अनलाइनका प्रधान सम्पादक अशोक पौडेल भेटेर प्रमाण सहित बताएकोमा अध्यक्ष गिरिले एकतर्फी प्रचार गर्दै हिडेका हुन ।
बरालले बैदेशिक रोजगारीका लागी कपिलवस्तु गोरुसिङ्गेका बिजय ठाकुरलाई बिदेश पठाएकोमा काम राम्रो नपाएपछि फर्किएका थिए । बरालकै सुझावमा पिडितले अदालतमा उजुरी हालेको उतm मेनपावरका सञ्चालकलाई प्रकाउ गरी हाल उनी(दिपक भन्ने) धरौटीमा रीहा रहेका छन । बरालले ठाकुरलाई आफुले पठाएपछि जवाफदेही आफै रहेको भन्दै मेनपावरबाट पैसा नआई उनले ब्याजे पैसा खोजी पिडितलाई भदौमै दिएका छन । बरालले रु २ लाख तिस हजार फिर्ता गर्नुपर्नेमा ब्याज सहित २ लाख पचास हजार फिर्ता गरि सकेका हुन ।
अदालती प्रक्रिया ढिला हुने भएकाले हाल आएको आदेशलाई मात्र हेरी वडा अध्यक्ष गिरिले वडाको काम समेत छोडेर गाउ गाउमा गई आफुलाई बदनाम गर्न खोजेको आरोप समेत लगाएका छन । बुझदै नबुझी वडा अध्यक्ष जत्तिको मान्छेले यस्तो निच काम गर्लान भन्ने कुरा आफुले परिकल्पना समेत नगरेको पिडित बरालले बताए । उता पिडित ठाकुरले भने बरालले आफुलाई बिदेश पठाएको भएतापनि उहाकै पहलमा आफुले पैसा पाउन सफल भएको बताएका छन । वडा अध्यक्ष गिरिले बराल परिवार काग्रेस हुदा र जग्गाको पुरानो रिसिविका कारण उनकी छोरीलाई नागरिकता नदिदा बराल परिवार अहिले अदालत पुगेको छ ।
प्रमाण ( न पक्षको न बिपक्षको यात्रा निश्पक्षको ( वैखरी अनलाइन)










