गृहपृष्ठ Featured कार्किले अनाथ बालबालिकाहरु लाई खाना खुवाएर मनाईन जन्मदिन

कार्किले अनाथ बालबालिकाहरु लाई खाना खुवाएर मनाईन जन्मदिन

प्रकाशित मिति:

जन्मदिनमा विभिन्न तामझामका साथ मनाउने प्रचलन यो समाजमा व्यप्त रहेको पाईन्छ । यस्तो प्रचलनलाई उछिन्दै बाणगंगा नगरपालिका वडा न १ बस्ने सान्ता कार्किले  अनाथ बालबालिका लाई खाना खुवाएर आफ्नो जन्मदिन मनाईकि छन ।

जिल्लाको सदरमुकाम तैलिहवामा रहेको बाल गृहमा कार्किले २८औं जन्मोत्सव मनाएकि हुन । जन्मोत्सवमा कार्किले ३९ जना बालबालिका लाई खाना खुवाउनुका साथै केहि नगद रकम समेत सहयोग गरेकि हुन ।

 

जन्मदिनमा अनावश्यक खर्च गरेर मनाउन भन्दा अनाथ बालबालिका हरु संग मनाउदाँ २८औं जन्मदिनमा छुट्टै आन्नद आएको उनि बताउँछिन । जन्मोत्सवमा बुद्धिजिवी बिद्यार्थिहरु ,पत्रकार लगाएतको उपस्थीति रहेको  थियो ।

सम्बन्धित् समाचार