गृहपृष्ठ Featured होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तु आधुनिक सफ्टवेर जडानको तयारिमा

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तु आधुनिक सफ्टवेर जडानको तयारिमा

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुले व्यवसायीहरु लाई मध्यनजर गरेर नयाँ प्रविधीको साथ सफ्टवेर जडानको तयारि गरेको छ । व्यवसायमा हुने पुराना तरिकालाई विस्थापित गर्ने र नयाँ आधुनिक तरिकाले प्रविधीको प्रयोग गरि स्मार्ट व्यवसयी बनाउने उदेश्यका साथ यस्तो प्रविधीलाई प्रयोगमा ल्याउन थालेको हो ।

पर्यटन बर्ष २०२० लाई मध्यनजर राख्दै होटल व्यवसायीहरु लाई सहजताका साथ काममा प्रेरित गर्नु पनि यसको महत्वपुर्ण पाटो रहेको छ । व्यवसायीक हिसाब किताब चुस्त, दुस्त राख्न ,मेनुयल बिलीङ , ग्रहाक प्रवेस दर्ता बुक , खरिद बिक्रि साथै स्टक रिपोर्ट लगाएतका सम्पुर्ण कार्यलाई कलम र कपि मुक्त बनाई डिजीटल प्रविधीको प्रयोग बढाउनु यसको मुख्य लक्ष रहेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुका महासचिव रविन्द्र पौडेलले जानाकारि दिए ।

उनले सम्पुर्ण होटल तथा रेष्टुरेन्ट व्यवसायीहरु लाई सफ्टवेर जडानको लागि आग्रह गरेका छन । त्यसैगरि यसै आर्थिक बर्ष भित्रमा सुरक्षालाई मजबुत बनाउनका लागि होटल तथा रेष्टुरेन्ट व्यवसायीहरु लाई सिसी टिभी क्यामेरा जडान गर्न संघले आग्रह गरेको छ ।

सम्बन्धित् समाचार