गृहपृष्ठ Featured १० दिन पछि कपिलवस्तुकाे छपिया गाउको ब्ल्याक आउट हट्यो

१० दिन पछि कपिलवस्तुकाे छपिया गाउको ब्ल्याक आउट हट्यो

प्रकाशित मिति:

बिद्युतका कर्मचारीहरु कुटिए पछि कपिलस्तुको सुद्धोदन गाउपालिका– १ छपिया गाउमा गरिएको ब्ल्याक आउट हटाइएको छ । त्यहा १० दिन देखि ब्ल्याक आउट थियो । चुहावट नियन्त्रण गर्न गएका बिद्युत कर्मचारीहरुलाई अवरोध गरी दुब्र्यहवार र हातपात गरिए पछि गत मंसिर ४ गते मध्यरातमा छपियामा ब्ल्याक आउट गरिएको थियो ।

ब्ल्याक आउट गरिदा गाउका ३ सय बढी परिवार अन्धकारमा १० दिन सम्म बस्न बाध्य भएको वडाअध्य तिलकराम यादवले बताए । वडा अध्यक्ष यादवको नेतत्वमा आएका ५० बढी छपियाबासीले नेपाल बिद्यतु प्राधिकरण तौहिलाव बितरण केन्द्रमा घटना प्रति दुःख ब्यक्त गर्दै लिखित र मौखिक क्षमायाचना गरे पछि ब्ल्याक आउट हटाईएको तौलिहवा बिततरण केन्द्रका प्रमुख जय कुमार यादवले बताए । ‘ गाउलेहरुले क्षमायाचन गर्दै आगामी दिनमा चुहावट नियन्त्रणमा सहयोग गर्ने प्रतिबद्धता गरे पछि ब्ल्याक आउट हटाइएको हो ’ उनले भने । शुक्रवार दिउसो ढेड बजेतिर बिद्यतु सुचारु भएको उनले बताए । गाउबासीहरुले चुहावट नियन्त्रणकालागि ३ वटा छुट्टा छुट्टै समिति समेत निर्माण गरेका छन ।

गाउमा बिद्यतु चुहावट रोक्ने र चुहावट गर्ने परिवारलाई ५ हजार जरिबाना तिराउने र त्यसमा पनि अटरे गरिए कारबाहीकालागि प्राधिकरणमाम पक्राउ गरी बुझाउने गरी गाउीस्तरमा निाणर्र््ाय भएको वडाअध्यक्ष यादवले बताए । घटनामा कानमा चोट लागेर उपचार गराईरहेको बिद्यतुका कर्मचारी प्रवीण आचार्यलाई लाग्ने उपचार खर्चमा समेत सहयोग गर्ने वडा अध्यक्ष यादवले प्रतिबद्धता ब्यक्त गरे । गत मंसिर ४ गते साझ बिद्यतु कर्मचारी नेपाल प्रहरी र सशस्त्र प्रहरी सहीतको चुहावट नियन्त्रण टोली गाउ पुगेको थियो । प्राधिकरण कर्मचारीहरुले स्थानीय माहोम्मद युसुफ खा र याकुफ खाको घरमा रहेको बिद्युत मिटरबाट बाईपास गरी बिद्युत चोरेको र हुकिङ समेत गरिएको फेला पारेको थियो ।

बिद्युत कर्मचारीले मिटर र हुकिङ खोल्नेक्रममा बिद्यतुका कर्मचारीमाथी ती दुईका परिवार र केही गाउलेहरु जम्मा भई दुब्र्यहवार र कुटपीट समेत गरेका थिए । युसुफ खा र याकुफ खाका बिरुद्ध प्रहरीले गत मंसिर गते नै जाहेरी दिए पनि बिहीवार मात्र दर्ता भएको प्रमुख यादवले बताए । घटना पछि दुबै जना फरार छन । दुबैको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले बताए

सम्बन्धित् समाचार