बिवादीत सरकारी जग्गामा सत्ताको आडमा प्रहरी प्रशासनले दमन गरी शुद्धोधन गाउपालिका वडानं ६ वराहमा खेत जोतेको बिषयमा बुझन नेपाली कांग्रेसको टोली बराहा पुगेका छ । नेकपाका नेताहरुको चर्को दवावमा शुद्धोधन गाउपालिका वडानं ६ वराहमा कित्ता नम्बर ६ सय २० मा रहेको बिवादीत सरकारी जग्गामा प्रहरी प्रशासनको आडमा जबरजस्ती जोताई गरी गहु छरिएको थियो ।
एक बिघा ३ कठ्ठा ६ धुर जग्गाको जोतभोगका बिषयमा रामचन्द्र कुर्मी र समुन्द्री चाईका बिचमा लामो सयम देखि बिवाद रहदै आएको थियो । टना बारे बुझन ने.का.जिल्ला कार्य समिति का सचिव महेन्द्र कुमार पाठक को नेतृत्व मा पूर्व जिल्ला शभापति राजेश आचार्य जिल्ला सदस्य ललित गुरुङ्ग जि. स. चर्तुभुजी मणी त्रिपाठी जि.स.परमेश्वर पाठक जि.स. माधव पराजुली पूर्व जिल्ला सचिव शुरेस शर्मा महिला संघ का केन्द्रीय सदस्य शुमित्रा शर्मा क्षेत्रिय शभापति मन्नान खाँ पूर्व शभापति लोकनाथ शर्मा प्रदेश बिधायक क्षे. अ. वलियुउद्दीन मुसलमान उपप्रमुख शुद्धोधन शुधा पाण्डेय पुगेका थिए ।
पीडीत गाउलेहरुले घटनामा प्रहरीले आफुहरुमाथी अनावश्यक बल प्रयाग गरेको बताएका थिए । सो अवसमार कांगेस नेताहरुले सत्ताको आडमा नेकापाका नेताहरुले नै यस्तो घटना गराएको बताए । बिवादीत जगगा भएको थाहा हुदा हुदै प्रहरीले दमन गरेर जोताइृ गर्नु खेदजनक कुरा भएको नेका सचिव महेन्द्र पाठलले बताए । घटना प्रति खेद ब्यक्त गर्दै दोषीमाथी कारबाहीको माग गरे । बिवादको किनारा नलाग्दै नेकपाका नेताहरुको दवाव पछि बुधवार दिउसो नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ८० बढी सुरक्षाकर्मीको सुरक्षा घेरामा त्यहा ट्याक्टरले जोताई गरी गहु छरिएको थियो ।
बिवादीत जग्गामा कसैले खेतीपाती गर्न पाईदैन भनेर बिरोधमा उत्रेका सय बढी गउलेलाई प्रहरीले निर्घात कुटपपिट गरेको थियो । प्रहरीले लाठी जुत्ता मुक्का हानेको पीडीत महिलाहरु बताउछन । घटनामा २० बढी महिलाहरुलाई चोट लागेको थियो । घाईते अमिना खातुनले नेकपा नेताहरुको दवावमा प्रहरी प्रशासनले ठाडो हस्तक्षेप गरी बिवादीत जमिनमा जबरजस्ती जाताई गरिएकोे बताईन । ‘ प्रहरीले हामीलाई दमन गरेको छ, विवादीत जमिनमा जोताई गरिएको हो ’ उनले भनिन । रामचन्द्र कुर्मीले सो जग्गा आफनो बाबु बाजेकापाला देखि उपभोग गदैृ आएको बताए ।
२०२७ साल मै सो जग्गाका बिषयमा निबेदन दिएको उनले बताए । जग्गाको जोतभोगका बिषयमा बिवाद भए पछि गाउलेहरको सल्लाह अनुसार त्यहा २ सय बढी बिरुवाहरु रोपिएको थिगयो । तर समुन्द्रीका मान्छेहरुmले रातारात बिरुवा उखेले पछि अदालतमा त्यस बिरुद्धमा मुद्दा दिएको उनmले बताए । सो मुद्दा अmै अदालतमा बिचराधीन रहेको उनले बताए । उता सो जग्गा रामचन्द्र कुर्मी कै भएको गाउपालिको न्यायिक समितिले समेत निर्णय गरी सकेको छ ।
अदालतमा मुद्दा बिचाराधीन रहेको र गाउपालिकाको समेत सो जग्गा बारे निर्णय दिई सकेको अवस्थामा प्रहरीले दमन गरेर जोताई गर्नु खेदजनक कुरा रहेको कुर्मीले बताए । उता घटनालाई अन्तेै मोडन आधा दजृन बढी गाउलेहरुमाथी समसुद्धिन फकिरको घरमा नगद र गरगहना गरि करिव ६ लाख वरावरको लुटपाट समेत गरेका गरको आरोप लगाइ्र्रएको कुर्मीले बताए । ‘ विबादीत जमिनमा प्रहरीको आडमा रोपाई गरिएको छ, अनि लुटपाटको जुठा आरोप पनि लगाईका छ ’ उनले भने ।
उता समुन्द्राले बताए अनुसार शुद्धोद्धन गाउपालिका वडा नं ६ वराहका जमिनदार गंगा प्रसाद कूर्मीको घरमा तारामती केवट र वशंराज केवट बर्षौ देखि मजदुरी मेहनत गर्दै बसेका थिए । काम गरेबापत गंगा प्रसाद कुर्मीले निज मजदुर दम्पतीलाई ८ नम्बरी २३ कठ्ठा ६ धुर जग्गा साथै २ कठठा घडेरी कागजात गरेर दिएका थिए । सोही क्रममा निज मजदुर दम्पत्ति बृद्ध भएपछि आफ्नो कोही बंश नभएको हुदा समुन्द्री चाईको ७ बर्षिय छोरा उमेश चाई लाई धर्मपुत्र बनाएका थिए।
सोही धर्मपुत्रलाई जमिन्दारले दिएको जमिन हस्तान्तरण गरेका थिए । यता मजदुरी गर्ने बृद्ध केवट दम्पती र छोरा उमेशले जमिन्दारको मृत्य पश्चात काजक्रिया समेत गरेका थिए । स्वर्गिय जमिन्दार गंगा कुर्मीले आफुहरुलाई दिएको जमिनवारे वताउदै धर्मपुत्र उमेश चाईकी आमा समुन्द्री चाईले बताईन । जग्गाका बिषयमा मिलाउन पटक पटक प्रहरी प्रशासनमा छलफ,ल गरिएको थियो । तर कुार भने मिलेको थिएन । गाउपालिका प्रमुख निसार अहमद खाले बिवादीत बनेको सो जग्गाका बिषयमा छलफल गरी अगाड िबढनुपर्ने बताए ।










