गृहपृष्ठ Featured एघारौं कपिलवस्तु महोत्सवको असि प्रतिशत काम सकियो तयारी तिव्र

एघारौं कपिलवस्तु महोत्सवको असि प्रतिशत काम सकियो तयारी तिव्र

एघारौं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औधोगिक प्रदशनीको तयारि तिव्र रुपले भएको छ । यतिबेला चोक चोक गल्ली गल्लीहरुमा महोत्सवकै कुराले चर्चा पाएको देखिन्छ ।

बाणगंगा वेलफेयर सोसाइटिको आयोजनामा सन्चालन हुने एघारौं कपिलवस्तु महोत्सवको अहिले सम्म ८० प्रतशित काम सकिएको आयोजकले जनाएको छ । महोत्सव तयारीका लागि आयोजकले जिम्मेवरि बाडफाड गरि काम लाई तिव्रता दिएको हो ।

युवा लक्षित महोत्सवमा सम्पुर्ण कामको जिम्मेवारि युवाहरुलाई नै दिएको संयोजक राजकुमार खाँणले बताए । महोत्सव सफल र भव्य गराउन थालिएका नयाँ र नैला खालका कामहरु पनि महोत्सवको पाँच दिन अगाडिनै असि प्रतिशत काम सम्पन्न गर्न सफल भएको निर्देशक दिनेश क्षेत्रिले जानाकारि दिए ।

त्यसैगरि महोत्सवको मुख्य गहनाका रुपमा लाईट र साउन्ड भएकाले यसलाई विगत भन्दा व्यवस्थीत र्गन आफु लागी परेको लाईट, साउन्ड संयोजक खड्क आलेले बताए ।

सम्बन्धित् समाचार