गृहपृष्ठ Featured एघारौं कपिलवस्तु महोत्सवको असि प्रतिशत काम सकियो तयारी तिव्र

एघारौं कपिलवस्तु महोत्सवको असि प्रतिशत काम सकियो तयारी तिव्र

प्रकाशित मिति:

एघारौं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औधोगिक प्रदशनीको तयारि तिव्र रुपले भएको छ । यतिबेला चोक चोक गल्ली गल्लीहरुमा महोत्सवकै कुराले चर्चा पाएको देखिन्छ ।

बाणगंगा वेलफेयर सोसाइटिको आयोजनामा सन्चालन हुने एघारौं कपिलवस्तु महोत्सवको अहिले सम्म ८० प्रतशित काम सकिएको आयोजकले जनाएको छ । महोत्सव तयारीका लागि आयोजकले जिम्मेवरि बाडफाड गरि काम लाई तिव्रता दिएको हो ।

युवा लक्षित महोत्सवमा सम्पुर्ण कामको जिम्मेवारि युवाहरुलाई नै दिएको संयोजक राजकुमार खाँणले बताए । महोत्सव सफल र भव्य गराउन थालिएका नयाँ र नैला खालका कामहरु पनि महोत्सवको पाँच दिन अगाडिनै असि प्रतिशत काम सम्पन्न गर्न सफल भएको निर्देशक दिनेश क्षेत्रिले जानाकारि दिए ।

त्यसैगरि महोत्सवको मुख्य गहनाका रुपमा लाईट र साउन्ड भएकाले यसलाई विगत भन्दा व्यवस्थीत र्गन आफु लागी परेको लाईट, साउन्ड संयोजक खड्क आलेले बताए ।

सम्बन्धित् समाचार