अन्तर्राष्ट्रीय समाजवाद पुरस्कार (International Socialism Award-ISA 2019) को नोमिनेशन प्रकृया सम्पन्न भएको छ । बहुविधामा आधारित विविध विषयहरुमा छनौट समितीले नामावली सार्वजनिक गरेको हो । २०१९ डिसेम्बर २२ शिओलमा एक समारोहका बिच नोमिनेशनमा पर्न सफल व्यक्तिहरुलाई सम्मान तथा अवार्ड वितरण गरिनेछ । सम्भवत: देशको बिभिन्न क्षेत्रमा रहेर देश र समाजको बिकासमा सकारात्मक भूमिका निर्बाह गर्नुभएका ,लब्ध प्रतिष्ठित , सामाजिक अभियन्ताहरु प्रति अन्तरास्ट्रिय स्तरमा गरिन लागिएको यो सम्मान पहिलो पटक हो ।
उक्त कार्यक्रम CLUB 40 INTERNATIONAL र ONLINE MEDIA दक्षिण कोरियाले
संयुक्त रूपमा आयोजना गरेको हो । सामाजिक अभियन्तहरुलाई सम्मान स्वरूप यो कार्यक्रमले देशको गरिमा, महिमा र प्रतिष्ठा बोकेको आयोजकले जनाएको छ ।
नेपालबाट नोमिनेशनमा पर्न सफल व्यक्तिहरुको नामवली:-
१ नेहा पोख्रेल -सामाजिक अभियन्ता
२ सानु माया लामा – सामाजिक अभियन्ता
३ बासु माया तामाङ -महिला उद्दमी
४ कमला सुबेदी -महिला उद्दमी
५ रेखा चौधरी -महिला उद्दमी
६ माया गुरुङ -महिला उद्दमी
७ शिव हरी नेपाल -कलाकार
८ बिकास लामिछाने -कलाकार
९ दिनेश काफ्ले -कलाकार
१० दबुती शेर्पा -पर्वत आरोही
११ ईन्द्र बहादुर लामा तामाङ -कलाकार
१२ अस्मिता सुनार -कलाकार
१३ मनिष श्रेष्ठ -फोटोग्राफर
१४ असोसियन लामा -कलाकार
१५ रुपा लामा -कलाकार
१६ राजन रिजाल -कलाकार
१७ करुना पाण्डे-कलाकार
त्यसैगरी दक्षिण कोरियाबाट ISA Award को लागी नोमिनेशनमा परेका प्रकाशित नामावली विवरण यस प्रकार छ :-
1) संजय गुरुं- Counselor,
2) शुभ राज बोम्जन- पत्रकारिता ,
3) लोचन राई- Social Activist,
4) सिपी मगर- गीत लेखन (Music),
5) हां चेम्जों- भिडियो डाईरेक्टर,
6) शुभद्र पालुंवा- Translator,
7) गंगा श्रेष्ठ थापा- Social Activist,
8 ) पार्वती मोक्तान- Women Fundraising Campaign ,
9) रिकमान थापा मगर- Music video Direction,
10) कृष्ण पुरी- Journalisms,
11) पद्मा श्रेष्ठ- Women Empowerment,
12) गुरु दत्ता न्यौपाने- पत्रकारिता,
13) उदय बहादुर राई- Migrant warkar campaign,
14) डा. देवी बस्नेत- Educational and social enterprise,
15) चित्र बहादुर मोक्तान- Social Activism,
16) बुद्धि गुरुं- Creative Business ,
17) अर्जुन प्रसाद बराल- Journalisms,
18) डोल कुमारी खत्री (अन्जु केसी)-Social Activism ,
19) GME Remitace- Constructive work,
20) लक्ष्मी लामा गुरुं- social Activism
21) डिल्ली राम बॉस्तोला- Suicide Prevention,
गण्डकी प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री राम शरण बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा दक्षिण कोरियाका लागि नेपालका पुर्व राजदुत कमानसिंह लामा को बिशेष आतिथ्यता रहने आयोजकले जानकारी दिएको छ l
कार्यक्रमको ब्यवस्थापनमा संस्थापक बिभु न्यौपाने , प्रमुख कार्यकारी अधिकृत कृष्ण पोख्रेल ,कार्यक्रम ब्यवस्थापक बिकास बोलखे ,कार्यक्रम निर्देशक समिर लामा ,कोडिनेटर सुदिप सापकोटा लगायतको संयोजनमा दक्षिण कोरियाको शिओलमा उक्त कार्यक्रम हुनेछ ।
बिगतमा पनि संस्थाले बालबालिका, महिला र युवाहरूको अधिकार सम्बन्धी जागरूकता कार्यक्रम सञ्चालन गर्ने ,जैवविविधता र वातावरण संरक्षण प्रबर्द्धन गर्ने ,मानव अधिकार, शिक्षा, संगठन र सामाजिक परिचालनको पदोन्नति गर्ने ,समुदायमा कृषिको प्रचार तथा प्रवर्द्धन गर्ने लगायतका सामाजिक कार्यहरू गर्दै आएको कार्यक्रम ब्यवस्थापक बिकास बोलखेले वैखरी अनलाइन लाई जानकारी दिनु भयो ।