गृहपृष्ठ Featured महोत्सवमा संस्थाकै सदस्य बाट टिकट उपलब्ध हुन्छ : टिकट संयोजक प्रताप सेन

महोत्सवमा संस्थाकै सदस्य बाट टिकट उपलब्ध हुन्छ : टिकट संयोजक प्रताप सेन

हरि घिमिरे ,१५ मंसिर

मंसिर १९ गतेबाट सुरु हुने ११ औं कपिलवस्तु महोत्सवको ९० प्रतिशत तयारी सम्पन्न भएको छ ।

बुद्धरंगशालामा हुने महोत्सवमा पछिल्ला बर्ष जस्तो टिकटका लागी लामो समय लाईन बस्नुपर्ने र भिडभाडमा धकेलाधकेल गर्नुपर्ने बाध्यता यस बर्ष हटेको महोत्सव टिकट संयोजक प्रताप सेनले बताए ।

यस बर्ष संस्थाकै सदस्यहरुले टिकट दिने छन् , काउन्टरमा मात्रै होईन हामि काउन्टरबाट बाहिर आएरै टिकट उपलव्ध गराउछौ, जस्ले गर्दा भिडभाड कम हुने छ सेनले वैखरी संगको कुराकानिमा भने ।

 

पटक पटक आयोजकले यस बर्ष महोत्सवमा दर्शकले धेरै फरकपना पाउने दावि गर्दै आएको छ । त्यसैगरी व्यानर छपाईको ७५ प्रतिशत काम सम्पन्न भएको छपाई संयोजक गणेश ढुगांनाले जानकारी दिए ।

सम्बन्धित् समाचार