कपिलवस्तुमा जिल्ला स्तरीय ए एण्ड ए ईभेन्ट द्धारा रियो लिटिल प्रिन्स ,प्रिन्सेस हुनेभएको छ । सोमबार पत्रकार सम्मेलन गरी कार्यक्रम हुन लागेको आयोजकले जानकारी दिएको हो ।
६ बर्ष देखि १२ बर्षसम्मका बाल बालीकाहरुको क्षमता अभिवृद्धि गर्ने ,बौद्धिक विकासमा टेवा पुर्याउने उद्धेश्यले कार्यक्रमको आयोजना गरेको अध्यक्ष अनमोल सिहंले जानकारी दिए ।

उठेको रकमको तिस प्रतिशत आयोजकले तैलिहवामा रहेको बाल गृहमा सहयोग गर्ने आयोजकले प्रतिवद्धता गरेको छ । कार्यक्रममा उधोग बाणिज्य सघं कपिलवस्तुका अध्यक्ष उमानाथ पौडेल,कपिलवस्तु बाल गृह तौलिहवाका सञ्चालक राजु अर्याल , समाजसेवि डोलकराम घिमिरे लगाएत ,पत्रकारहरुको उपस्थीति रहेको थियो । उक्त कार्यक्रमको सन्चालन सुसिल खत्रिले गरेका थिए ।









