गृहपृष्ठ खबर हत्याको दोषीलाई कार्वाहीको माग गर्दै दुई घण्टा राजमार्ग अवरुद्ध

हत्याको दोषीलाई कार्वाहीको माग गर्दै दुई घण्टा राजमार्ग अवरुद्ध

सुशिल गैरे
हत्याको दोषीलाई कार्वाहीको माग गर्दै कपिलवस्तु गोरुसिङ्गेका स्थानीयले पुर्व पश्चिम राजमार्ग मंगलबार २ घण्टा अवरुद्ध गरेका छन ।
गत मंसिर १३ कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिङ्गेका धनराज पौडेलको विभत्स हत्या भएको थियो । पौडेल आफ्नै घरको कोठामा विभत्स तरिकाले हत्या गरिएको अवस्थामा फेला परेका थिए ।
हत्या भएको पाच दिन सम्म पनि दोषीपत्ता लगाउन नसकेको भन्दै स्थानीयले पुर्व पश्चिम राजमार्ग दुई घण्टा अवरुद्ध गर्नुका साथै ईलाका प्रहरी कार्यलय गोरुसिङ्गे घेराउ गरेका हुन ।
ईलाका प्रहरी कार्यलय गोरुसिङ्गेले हत्यामा अरु पनि संलग्न भएको हुन सक्ने भन्दै घटनाको अनुुसन्धान भईरहेको जानकारी दिदै घटनाको दोषीले कुनै पनि हालतमा छुट नपाउने बताएको छ ।
उनी मंसिर १३ गतेदेखि हराएका थिए । उनी हराएको भन्ने सुचनाको आधारमा प्रहरीले खोजविन गर्दा कोठामा मृत अवस्थामा फेला परेका थिए ।

सम्बन्धित् समाचार