गृहपृष्ठ Featured तत्कालिन ने.बि.संघ सभापति स्व.खनालको स्मृतिमा छात्रवृती वितरण

तत्कालिन ने.बि.संघ सभापति स्व.खनालको स्मृतिमा छात्रवृती वितरण

प्रकाशित मिति:

तत्कालिन ने.बि.संघ सभापति स्व .सरोज खनालको स्मृतिमा छात्रवृती वितरण सम्पन्न भएको छ । खनालको दास्रो स्मरण दिवस तथा २६ औं जन्म जयन्तीको अवसर पारेर श्री माा.वि झण्डामा छात्रवृती वितरण गरिएको हो ।

स्वर्गिय खनालकोे स्मरण गर्दै सरोज स्मृति अक्षयकोष समिति द्धारा श्री मा.वि झण्डाका सात जना गरिब तथा जेहनदार बिद्यार्थीहरु लाई कपि ,कलम ,झोला प्रदान गरिएको थियो ।

 

छात्रवृती वितरण कार्यक्रममा स्व सरोज स्मृति अक्षयकोष समितिका अध्यक्ष मिन बहादुर थापाको अध्यक्षता नेपालि कंग्रेस केन्दिय सदस्य एवंम प्रतिनिधी सभा सदस्य अतहरकमाल मुसलवानको प्रमुख आतिथ्यता जिल्ला समन्वय समितिका उप संयोजक तारावति चौधरिको बिसिष्ट आतिथ्यता ,तरुणदल जिल्ला सभापति सक्ति सिंह ठकुरि , दरुणदल जिल्ला सदस्य कृष्ण पराजुलि विद्यालयका शिक्षक ,अभिभावक लगाएतको आतिथ्यता रहेको थियो ।कार्यक्रममा ने.बि.संघ क्षेत्र न. १का क्षेत्रिय सभापति चन्द्रकान्त पोख्रेलको स्वागत रहेको कार्यक्रमको सन्चालन स्ववियु सदस्य हरि ढुङ्गानले गरेका थिए ।कार्यक्रममा दुई सय बढि विद्यार्थीहरुको उपस्थीति रहेको थियो ।

सम्बन्धित् समाचार