गृहपृष्ठ Featured एघारौं कपिलवस्तु महोत्सवको सत प्रतिशत काम सम्पन्न विहिवार भव्य उद्घाटन

एघारौं कपिलवस्तु महोत्सवको सत प्रतिशत काम सम्पन्न विहिवार भव्य उद्घाटन

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिकामा अवस्थित बुद्ध रंगशाला ४ जितपुरमा हुने ११ औँ कपिलवस्तु महोत्सव बिहिबारदेखि सुरु हुँदै छ । भव्य कार्यक्रमका साथ भोली अर्थात विहिबार १९ गते पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुुहुने आयोजक बाणगंगा स्पोर्टट्स एण्ड वेलफेयर सोसाइटीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । दिउँसो १ बजे हुने उद्घाटनमा यस क्षेत्रका पूर्व मन्त्रीहरु, संघीय तथा प्रदेश सांसद जनप्रतिनिधि लगायतको सहभागिता रहने आयोजकले जनाएको छ । उद्घाटनको लागि पूर्व प्रधान मन्त्री नेपाल आउने भएपछि सुरक्षा ब्यवस्था कडा पारिएको आयोजकले बताएको छ ।

कार्यक्रम पूर्व बाजागाजासहित सांस्कृतिक झाँकी झल्कने खालका प्रस्तुतिसहित र्यालीको आयोजना गरिएको महोत्सवका संयोजक राजकुमार खाँडले जानकारी दिए । उहाँले महोत्सवबाट हुने आम्दानी अनाथ बालबालिकाहरुका लागि र समाजसेवाका लागि खर्च गरिने बताए । विहान १० बजेपछि सुरु हुने र्यालीमा स्थानीय आमा समुह, भजन मण्डली, विद्यालयका विद्यार्थी, धार्मिक तथा सामाजिक संघ संस्थाहरु लगायतले बिभिन्न भेषभूषा झल्कने खालका प्रस्तुतिहरु पस्कने उनले बताए ।

 

उद्घाटनको संघारमा आइपुग्दा महोत्सवको तयारी शत प्रतिशत सकिएको ११औं कपिलवस्तु महोत्सवका निर्देशक दिनेश क्षेत्रीले जानकारी दिनुए । प्रवेशद्धारदेखि सांस्कृतिक कार्यक्रम हुने स्थान स्टेजसम्मका आधारभूत र भौतीक सबै काम लगभग सकिएको क्षेत्रीको भनाई छ । महोत्सवमा उटको नाच संगै हेलिकप्टरको माध्यमबाट अबलोकनालाई टेवा पु¥याउन पहल गरिरहेको बताए ।
हेलिकप्टरको लागि प्रशासन कार्यालय मार्फत स्वीकृती पत्र पठाईएको जानकारी समेत दिएका छन् । त्यस्तै कार्यक्रममा बोल्दै बाणगगा नगरपालिका वडा नम्ब ४ का वडा अध्यक्ष गणेश क्षेत्रीले महोत्सवले भ्रमण बर्ष सफल पार्नका लागि जिल्लाका ऐतिहासिक र पर्यटकीय क्षेत्रको बिकासका लागि कार्य गर्न आग्रह गरेका थिए ।
सुरक्षाको लागि गेट बाहिर र भित्र नेपाल तथा शशष्त्र प्रहरी परिचालन हुने छन् भने सय भन्दा बढी संख्यामा सेक्यूरिटीको ब्यवस्था गरिएको छ ।

 

महोत्सवमा ज्येष्ठ तथा अपाङग अशक्तहरु नागरिकलाई निशुल्क प्रवेशको ब्यवस्था मिलाइएको छ । ज्येष्ठ नागरिकको परिचय पत्र भएका तथा ७० बर्ष नाघेका बुबाआमाले छुट्टै लाइनमार्फत् निशुल्क प्रवेश गरी मेलाको अवलोकन गर्न पाउनु हुने छ । यस्तै अपाङगता भएका व्यक्तिलाई पनि उनीहरुको अवस्थाअनुसार निशुल्क र विशेष छुटको ब्यवस्था गरिएको छ । ५० रुपैयाँ टिकट दर कायम गरिएको महोत्सवमा विद्यार्थीहरुको लागि २० प्रतिशतको दरले छुटको ब्यवस्था छ ।

सम्बन्धित् समाचार