रुपन्देहीको कञ्चन गाँउपालिकामा १६ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । “गाउँघरमा महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य प्रवद्र्ध्धनमा अहम भुमिका” भन्ने मुल नाराका साथ कन्चन गाउँपालिकाको आयोजनामा सो दिवस मनाइएको हो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले दिवसका अवसरमा स्वास्थ्य स्वयंसेविकासंग नजीक रहेर धेरै समस्या बुझ्न पनि पाइने र गाउँपालिकाले पनि बुझ्दै क्रमिक रुपमा सेवा सुविधा दिने काम गर्दै गरेको बताउनुभएको छ ।
प्रमुख अतिथी समेत रहनु भएका क्षेत्रीले स्वयंसेविकाले गरेको सेवाप्रती खुशी व्यक्त गर्दै धन्यवाद दिनुभएको थियोे । गाउँपालिका उपाध्यक्ष गोमा तरामुले बोल्दै स्वयंसेविकाले गरेको मेहनत प्रती धन्यवाद दिदै गर्भवति महिलाका लागि र स्वास्थ्य समस्यामा परेकालाई निस्वार्थ सेवा गरेकोमा गाउँपालिकाले राम्रो मुल्यांकन गर्ने बताउनुभएको छ ।
महिला स्वास्थ्य स्वयंसेविका जिफन्ट प्रदेशका सदस्य सुमित्रा बुढाथोकीले दिवसका अवसरमा स्वास्थ्य स्वयंसेविकाको कामको मुल्यांकन गर्दै स्वास्थ्य शाखाले ५ जनालाई सम्मान गरेको प्रति खुशी व्यक्त गर्दै स्वास्थ्य जिवन बिमा र पोषाक भत्ताको कार्यलाई छिटो गर्नका लागि अनुरोध गर्नुभएको छ।
साथै उहाँले गाउपाँलिकाले महिला स्वास्थ्य स्वयंसेविकाको सुविधाका लागि व्यवस्था मिलाइदिन र मासिक रुपमा केही न केही रकम छुट्याउन समेत आग्रह गर्नुभएको थियो। कार्यक्रममा कन्चनका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पन्थी, स्वस्थ्य शाखाका कर्मचारी, स्वयंसेविकाहरु लगायतको उपस्थिति रहेको थियोे ।
कन्चनमा कार्यरत ५९ जना महिला स्वास्थ्य स्वयंसेविका मध्य वडा न १ बाट गिता पौडेल, २ बाट मिना मल्ल, ३ बाट जमुना ढकाल, ४ बाट कुमारी रसाइली, ५ बाट सीता भुषाललाई सम्मान गरिएको छ । कार्यक्रममा स्वास्थ्य स्वयंसेविका राधा अस्लामिले स्वास्थ्य क्षेत्रमा काम गर्दा धेरै समस्या भएको र भोग्दै आएपनी सेवामा निरन्तर लागिपरेको बताउँदै गाउँपालिकाले पनि पछिल्लो समयमा सकारात्मक सहयोग गरेको र उचित मुल्यांकन गर्नुपर्ने माग गर्नु भएको छ।
साथै उहाँले आफुहरु आफ्नो काम र सेवा प्रति खुशी भएको समेत बताउनु भएको थियोे । स्वास्थ्य स्वयंसेविका संजाल कन्चनकी अध्यक्ष पवित्रा चापागाईंको अध्यक्षता, स्वास्थ्य शाखा कन्चनका सहसंयोजक सुरेन्द्र वास्तोलाको स्वागत तथा स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
साथै कार्यक्रममा कन्चन गाउँपालिकाको आयोजनामा यहि शनिबार २१ गते गजेडी माबिमा र २२ गते आइतबार हलमा छालारोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर राखिएको स्वास्थ्य शाखा कन्चनका प्रमुख रामप्रसाद गौतमले जानकारी गराउनु भएको छ ।