पुर्वराजा ज्ञानेन्द्र शाह भोली कपिलवस्तु आउनु हुने कार्यक्रम तय भैसकेपछि शाहको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । नागरीक अगुवा गिरीराज कर्डेलका अनुसार मंसिर २० गते वुद्धभुमी नगरपालिकामा शाहको उपस्थिति रहने हुनाले प्रचारप्रचारलाई तीव्रता दिएको बताइएको छ । बुद्धभुमी नगरपालिका २ गोरुसिंगेमा रहेको पशुपतीनाथ मन्दिरमा शाहले दिउसो ३ बजे पुजा अर्चना गर्ने कार्यक्रम तय भएको छ । शाहले ११ औं कपिवस्तु महोत्सवको अवलोकन गर्न आउनुहुने जनताहरुसँग समेत भेट गर्ने बताइएको छ ।
जिल्ला मूल आयोजक समिति सदस्यहरु दुर्गा सिंह थापा, गिरिराज कर्डेल, ईश्वरी गिरीको संयोजकत्वमा वाणगंगा नगरपालिकामा प्रचारप्रसारलाई तिव्रता दिइएको आयोजकले जानकारी दिएको छ ।
शाहको २०६४ साल पछी अहिले कपिलवस्तुमा भ्रमण हुन लागेको हो । त्यती वेला उहाँले सदरमुकाम तौलिहवा र कृष्णनगरको भ्रमण गर्नु भएको थियो । यसै विच भ्रमणलाई सफल पार्नको लागी जिल्ला स्तरीय समिती गठन गरि कार्यक्रमको तयारीलाई तिव्रता दिइएको छ । नेपाल दर्शन समाज कपिलवस्तु र राज्रपा कपिलवस्तुको संयुक्त आयोजनामा पूर्व राजाको स्वागतमा कपिलवस्तुको ४ नम्बरमा रहेको होटल एडी र गोरुसिंगेमा स्वागत गेटहरु निर्माण गरिएको र स्वागतका लागि पुष्पगुच्छा, फूलमालाका साथै बाजागाजा सहित आफूहरु जुट्ने जिल्ला मूल आयोजक समिति सदस्य गिरिराज कर्डेल जानकारी दिनुभयो ।
राजसंस्था र हिन्दुराज्यका विषयमा जनमत संग्रह नगरी जनताको मत विपरित गएर दलहरुले ठूलो भुल गरेको बताउँदै सो विषयमा जनमत संग्रह गरिएमा जनताले राजसंस्था र हिन्दु राज्यकै पक्षमा मतदान गर्ने जिल्ला अध्यक्ष नारायण बहादुर सिंहले दावी गर्नुभयो ।










