गृहपृष्ठ Featured एघारौं कपिलवस्तु महोत्सवको भव्य समुद्धघाटन

एघारौं कपिलवस्तु महोत्सवको भव्य समुद्धघाटन

प्रकाशित मिति:

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेपालको समृद्धिका लागि पर्यटन पर्वद्धन नै मुख्य आधार रहेको बताउनु भएको छ । वाणगंगा वोयलफेयर सोसाइटी बुद्ध रंगशाला ४ नम्बर जितपुर कपिलवस्तुको आयोजनामा युवा क्षमतामा अभिवृद्धि कृषि र पर्यटनमा समृद्धि भन्ने मुल नाराका साथ आज देखि चार नम्बर जितपुरमा सुरु भएको ११ औँ कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औधोगिक प्रर्दशनी २०७६ लाई सम्बोधन गर्दै नेपालले विश्वको सर्वाेच्च शिखर सगरमाथा विश्वको सर्वाेच्च उचाईमा रहेको ताल तिलिचो ताल लगायतका ताल तलैया तथा  हिन्दुत्व र बौद्धत्वको राम्रो संग प्रचार प्रसार गर्न सके नेपाललाई विश्वकै समृद्ध मुलुक बनाउन सकिने बताउनु भएको हो ।

सोहि कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्रि तथा भारतका लागि पूर्व नेपाली राजदुत दिपकुमार उपाध्यायले बर्तमान सरकारले नेपाली जनताले आशा गरे अनुसारका काम गर्न नसकेकोले जनतामा निरासा पैदा भएको धारणा राख्नु भएको छ ।

यस्तै नेपाली कांग्रेशका केन्द्रिय सदस्य तथा सांसद अत्तहर कमालले पर्यटन र कृषिलाई यस सरकारले जोेड दिन सकेको खण्डमा प्रदेश संमृद्ध हुने बताउनु भयो ।

पूर्व मन्त्रि चक्रपाणी खनाल बलदेवले कपिलवस्तु जिल्ला प्रदेशको राजधानी बन्नका लागि अति उपयुक्त स्थान भए पनि सो विषयमा अझैसम्म कुनै निर्णय नभइसकेकोले जिल्लालाई ऐतिहासिक हिसाबले अगाडी बढाउनका लागि आपूmले पहल गरिरहेको र गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

महोत्सव समुदघाटन समारोहमा प्रदेश सांसद विष्णु पन्थी लगायतले महोत्सवलाई सम्बोधन गर्दै महोत्सव सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो  ।

समुदघाटन समारोह कार्याक्रम वाणगंगा वोयलफेयर सोसाइटीका अध्यक्ष एवं महोत्सव आयोजक समितिका संयोजक राज कुमार खाणको अध्यक्षता पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यता, पूर्व मन्त्रि तथा सांसद चक्रपाणी खनाल बलदेव, पूर्व मन्त्रि पूर्व भारतीय राजदुत दीप कुमार उपाध्याय सांसद द्धय अत्तहर कमाल र विष्णु पन्थीको विशिष्ट आतिथ्यता तथा निर्देशक दिनेश क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ । सो समुदघाटन समारोहमा जिल्ला समन्वय समितिका उपसभापति तारावती चौधरी, वाणगंगाका मेयर मंगल थारु नेपाली कांग्रेश जिल्ला कार्यसमिति कपिलवस्तुका सभापति सुरेन्द्र राज आचार्य नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष झविलाल पोख्रेल, अन्तरपार्टी महिला संजालका इन्दिरा पन्त, वाणगंगा यातायात व्यवसायी समितिका अध्यक्ष विष्णु न्यौपाने, कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई, नगरभित्रका विभिन्न विद्यालयका प्रधानध्यापक वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । समुदघाटन समारोहमा विभिन्न संघ संस्था तथा विद्यालयहरुले झाँकीहरु समेत प्रस्तुत गरेका थिए ।

महोत्सवको पहिलो उदघाटनको दिन अत्यन्तै धेरै संख्यामा दर्शकहरु आएको,यस पटक बहुचर्चित कलाकारहरुलाई आमन्त्रण गरिएको र महोत्सव अवधी भर हेलिकप्टर तथा उँटको सवारी पनि गर्न पाइने भएकोले विगतका महोत्सवहरु भन्दा यस पटकको महोत्सव अत्यन्तै सफल हुने वाणगंगा वोयलफेयर सोसाइटीले जनाएको छ । यस पटकको महोत्सवमा कृषि पर्यटन तथा व्यवसायीक गरी २ सय ५७ बढी स्टलहरु स्थापना भएका छन् ।

सम्बन्धित् समाचार