कपिलवस्तु । कपिलवस्तु महोत्वसमा पूर्वराज ज्ञानेन्द्र शाह आज प्रवेश गरेका हुन् ।
पाँच नम्बर प्रदेशका प्रदेशका विभिन्न जिल्लाको भ्रमण प्रश्चात आएका पूर्वराजा शाहले शुक्रबार कपिलवस्तुको गोरुसिंगेमा रहेको पशुपतीनाथ मन्दिरमा ३ बजे पुजाआजा गरेपछि ११ औँ कपिलवस्तु महोत्सवको अवलोकन गरेका हुन् ।

गोरुसिंगेमा पुगेर पशुपतिनाथ मन्दिरको पुजाआजापछि जितपुरवासी र आयोजक वाणगंगा वेलफेयर सोसाइटीको आग्रहमा उनी महोत्सवको अवलोकन गर्न पुगेका हुन् । कपिलवस्तु महोत्वसको विहीबार पूर्व प्रधानमन्त्री एवम् नेकपाका नेता माधव कुमार नेपालले उद्घाटन गरेका थिए ।








