गृहपृष्ठ अन्तरास्ट्रिय खबर प्रहरीले बलात्कारीलाई गरेको ‘इन्काउन्टर’ पछि हैदराबादमा प्रहरीको जयजयकार

प्रहरीले बलात्कारीलाई गरेको ‘इन्काउन्टर’ पछि हैदराबादमा प्रहरीको जयजयकार

प्रकाशित मिति:

काठमाडौं । बलात्कारका चार आरोपीलाई भारतीय प्रहरीले गरेको ‘इन्काउन्टर’ पछि हैदराबादमा प्रहरीको जयजयकार मनाइएको छ । स्थानीयले लड्डु बाँड्नुका साथै प्रहरीलाई काँधमा बोकेर खुशियाली मनाएका छन् ।

एक भेटेनरी डाक्टरलाई सामूहिक बलात्कार गरी जिउँदै जलाएर २७ नोभेम्बरमा हत्या गरिएपछि चार जना शंकास्पद व्यक्ति २९ नोभेम्बरमा पक्राउ परेका थिए । उक्त घटना छटपालीमा भएको थियो ।

 

हैदराबादबाट ३० किलोमिटर दूरीमा पर्ने उक्त क्षेत्रमा महिलाको विभत्स हत्यापछि अपराधीमाथि कडा कारबाही गर्ने आवाज उठेको थियो ।

त्यहाँका महिला अधिकारवादीहरुले फाँसीको सजाय दिन भनेका थिए । पीडित महिलाकी आमाले आफ्नो छोरीलाई जलाए जसरी जिउँदै जलाउन माग गरेकी थिइन् ।

शुक्रबार विहानै चारैजना प्रहरी इन्काउन्टरमा मारिएको खबर बाहिर आउँदा मानिसहरु छक्क परेका थिए । यसले संसारभर ध्यान खिच्यो । उनीहरुलाई घटनास्थलमा अनुसन्धानका लागि लगिंदा प्रहरीमाथि आक्रमण गर्न खोजेपछि इन्काउन्टर गरिएको भनिएको छ ।

प्रहरीमाथि आक्रमण गर्दा हात बाँधेर बस्न नसक्ने त्यहाँका प्रहरी प्रमुखले जवाफ दिएका छन् । पीटीआईले साइबराबाद प्रहरी कमिश्नल भी सी सज्जनरको भनाई उदृत गर्दै भने, चार जना आरोपी प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

घटना कसरी घटेको भन्ने बारे सबै बताउन र घटनास्थलमै पुगेर घटनाको सम्पूर्ण विवरण संकलन गर्न लगिएकाहरुलाई जहाँ पेट्रोल खरिद गरिएको थियो त्यहीं लगिएको थियो । सर्वसाधारणले आक्रमण गर्न सक्ने भएकाले रातिको समयमा त्यस ठाउँमा लगिएको भनिएको छ । तर, प्रहरीमाथि उल्टै जाइलागेको भन्दै गोली चलाइएको भनिएको छ । उनीहरु चारैजना मारिए ।

२७ नोभेम्बरमा भेटेनरी डाक्टरको योजनावद्ध तरिकाले बलात्कार गरेका थिए । शुरुमा उनको सवारी साधन पंक्चर गराए । त्यसपछि सहयोगी भावना देखाए ।

उनलाई घिसारेर झाडीमा लगी ट्रकको पछाडि बलात्कार गरे । उनको भित्री कपडा एक सय मिटर बाहिर टाढा फेला परेको थियो ।घटनापछि उनलाई पेट्रोल छर्केर जलाए । उनको अर्ध जलेको शरीर भोलिपल्ट फेला परेको थियो ।

इन्काउन्टरको समाचार संसारभर लोकप्रिय बनेको छ । संसारभरका सञ्चारमाध्यमले प्रमुख महत्व दिएर यो समाचार प्रकाशित गरेका छन ।शुक्रबार विश्वप्रशिद्ध मिडियाले पनि यो समाचारलाई प्रमुख बनाएका छन् । पश्चिमा मिडियादेखि संसारभरका मिडियामा यो समाचार छाएको छ ।

सम्बन्धित् समाचार