गृहपृष्ठ खबर पूर्व राजासँगैै १०हजार दर्शकले गरे अवलोकन , कपिलवस्तु महोत्सवको दोस्रो दिन

पूर्व राजासँगैै १०हजार दर्शकले गरे अवलोकन , कपिलवस्तु महोत्सवको दोस्रो दिन

कपिलवस्तु । मङ्सिर २० । कपिलवस्तुको वाणगंगा बुद्ध रंगशाला चारनम्बर जितपुरमा सुरु भएको ११ औँ कपिलवस्तु महोत्सवको आज दोस्रो दिन सम्पन्न भएको छ । आज पूर्व राजा ज्ञानेन्द्र शाहसँगसँगै १० हजार दर्शकले मेलाको अवलोकन गरेको मिडिया संयोजक गणेश पोख्रेलले जानकारी दिएका छन् ।

आज राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहेको थियो भने नवौँ कपिलवस्तु डान्स आइडलको समेत प्रस्तुति रहेको थियो । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले विहीबार उद्घाटन गरेको महोत्सवमा आज दोस्रो दिनदेखि मनोरंजनका कार्यक्रम सुरु भएका हुन ।

बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा ‘युवा क्षमतामा अभिवृद्धि, पर्यटन र कृषिमा समृद्धि’ भन्ने मूल नाराका साथ महोत्सव सुरु भएको हो ।

पौष १ गतेसम्म हुने महोत्सवबाट ३ लाख दर्शकले अवलोकन गरी ५ करोड बराबरको आर्थिक कारोबार हुने मेला मूल आयोजक समितिका संयोजक राजकुमार खाँणले जानकारी दिए ।

यस्तै ११ औँ कपिलवस्तु महोत्सवमा आज आधुनिक गायक रमेशराज भट्टराई सहितका कालाकारहरुको प्रस्तुति रहेको थियो भने भोलि महोत्सवको तेस्रो दिन सदावहार गायक सुगम पोख्रेल सहित लोक गायक प्रजापति पराजुली, काउली बुढि अर्थात सन्ध्या बुढाको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ । त्यस्तै स्थानय कलाकारहरुले पनि भोलीको कार्यक्रममा मनोरञ्जन प्रदान गर्ने जनाइएको छ ।

 

सम्बन्धित् समाचार