हरि घिमिरे ,मंसिर २०
एघारौं कपिलवस्तु महोत्सव अन्र्तगत कृषिमेला प्रदर्शनीको शुक्रवार एक कार्यक्रमका विच उद्धघाटन गरिएको छ । रसायनिक विषादीको प्रयोगमा न्युनीकरण ,प्रङगारीक खेतीमा व्यवसायीकरण भन्ने मुल उदेश्यका साथ बाणगंगा नगरपालिकाको आयोजनामा कृषि मेला प्रदर्शनीको उद्धघाटन गरिएको हो ।

उद्धघाटन कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका उप प्रमुख चक्र अर्यालले महोत्सवमा रहेको कृषि प्रदर्शनि देख्दा आफु साच्चिकौ कृषि प्रधान देशमानै रहेको जस्तो अनुभुति भएको बताए । साच्चै किसानहरुले यतिकै उत्साहका साथ उत्पादनमा जोड दिनेहो भने कसैले पनि बिषादियुक्त अन्नबालि खानपान गर्नु नर्पने र सुखि नेपालि समृद्ध नेपाल बन्न समय नलाग्ने बताएका छन । उनले बाणगंगा नगरपालिकाका विभिन्न गतीबिधीहरुले किसानहरु लाई प्रङगारीक खेतीतर्फ प्ररित गरेको र आगामि दिनहरुमा पनि यस्तै कृषि तर्फ किसानहरु लाई आकर्षित गर्न नगर कुनैपनि कुरामा पछि नर्पने र यस्ता किसानहरुको लागि पुरस्कृत गर्ने उनले बताए ।
त्यस्तै धान सुपरजोन बाणगंगाका प्रमुख मुकुन्द भुसालले महोत्सवमा राखिएका कृषि उत्पादनहरु लाई मात्रै हेरेर नभई कृषकको खेति प्रणालि हेरेर मात्र किुसानहरु लाई पुरस्कृत गर्न आग्रह गरेका छन । बाणगंगा नगरपालिका वडा न. ४का वडा अध्यक्ष गणेश क्षेत्रिको अध्यक्षता रहेको कार्यक्रममा बाणगंगा नगरपालिका कृषि साखा प्रमुख लेख बहादुर केसिको स्वगत तथा कृषि अधिकृत धनीराम आचार्यको सन्चालमा कार्यक्रम सम्पन्न भएको थियो । कृषिमेला प्रदर्शनिमा करिब एकसय प्रकृतिका अन्न बालिहरु प्रदर्शनमा राखिएका छन ।










