गृहपृष्ठ खेलकुद नेपालद्वारा माल्दिभ्स ८४ रनले पराजित

नेपालद्वारा माल्दिभ्स ८४ रनले पराजित

प्रकाशित मिति:

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ । हिजो  नेपालले जित निकाले पनि अाज बंगलादेशसँगको खेल जित्नै पर्नेछ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्सलाई हराएको हो । नेपालले दिएको १६४ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७९ रनमा समेटियो ।

माल्दिभ्सको तर्फबाट मोहम्मद अजिमले १६ रन बनाए । नेपालको तर्फबाट सुशन भारी र ललितनारायण राजवंशीले २/२ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनाएको थियो ।

नेपालको तर्फबाट आठौं नम्बरमा आएक करण केसीले विस्फोटक ब्याटिङ गर्दै नेपालको स्कोर बढाएका थिए । उनले अन्तिम ओभरमा २ छक्का र ४ चौका प्रहार गरेका थिए ।

माल्दिभ्सले अन्तिम ओभरमा २४ रान दिएको थियो । यस्तै दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ३९ रन बनाए ।

माल्दिभ्सको तर्फबाट लिम साफिगले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए भने अमिल मोरुफले २ विकेट लिए ।

सम्बन्धित् समाचार