गृहपृष्ठ खेलकुद भारतीय खेलाडीको रुपमा सागमा खेल्न आएकी नेपाली चेलीको कथा

भारतीय खेलाडीको रुपमा सागमा खेल्न आएकी नेपाली चेलीको कथा

प्रकाशित मिति:

काठमाडौं,  मङ्सिर । भारतीय टिमका खेलाडीले मीठो लवजमा नेपाली बोलिरहेको देखेर खेलअघि नै तेक्वान्दो हलमा शिल्पातिर धेरैको ध्यान गइरहेको थियो ।  त्यसबेला मानिसहरूको अनुमान थियो, ‘आसामतिरकी नेपाली भाषी होलिन्  तर, स्याङ्जादेखि शिल्पाको समर्थनमा आएका गणेशलाई भेटेपछि थाहा लाग्यो, नेपाली बाआमाकी ‘भारतीय छोरीको  कथा ।

कुरा आइनै हाल्यो शिल्पाका बुबा गंगा ११ वर्षको उमेरमा भागेर भारत पुगेको  सानोमा गाउँकै कुनै मान्छेसँग रेलमा गएको केही कुरा उनलाई याद छ । त्यसपछि दिल्ली कसरी पुगियो र के के गरियो भन्ने सम्झनाका स्पष्ट कथा त असाध्यै लामो छ । बुझ्न सकिने कुरा के भने ३ सय रुपैयाँ खल्तीमा बोकेर दिल्ली पुगेको ११ वर्षको केटाले के के मात्रै दुःख पायो होला, अनुमान नै पनि लगाउन सकिन्छ ।

उनी सुनाउँछन्- ‘गएकै भोलिपल्टबाट नै चिया दोकानमा* महिनाको ८० रुपैयाँमा नोकरी गरेका थिए । नोकरीसँगै त्यहीँ नै कराते पनि सिक्न थालेंका थिए उनले । त्यसपछि विस्तारै दिनहरु फेरिँदै गयो ।’पहिले सोतोकान करातेमा आफ्नो क्षेत्रमा उनी उत्कृष्ट खेलाडी नै बनेको सुनाउँछन् । करातेमा ब्ल्याक बेल्ट भएपछि उनी दुई वर्ष तेक्वान्दो सिक्न गए । तेक्वान्दो सिकेको दुई वर्षपछि त प्रशिक्षक नै बनिहाले

भारतमा तेक्वान्दो सेन्टर नै खोलेर उनी बालबच्चालाई तेक्वान्दो सिकाउँछन् । सन् १९९१ देखि नै आफूले भारतमा तेक्वान्दो सिकाउन थालेको गंगा बताउँछन् । २०१५, २०१७ मा दक्षिण कोरियामा तेक्वान्दो प्रतिस्पर्धामा गएर पदक जितेका उनले अहिलेसम्म छोराछोरी लेखाउने पढाउने, घर चलाउने सबै काम तेक्वान्दोबाट नै भइरहेको गर्वले सुनाउँछन् । तीन सय रुपैयाँ बोकेर ठेगानविहीन बनेर भागेका उनीसँग अहिले आफ्नै घर छ ।

नानीलाई साढे ३ वर्षदेखि नै सिकाउन थाले ।  लेगामेन्टमा समस्या आएर तीन पटक अप्रेसन गरेको भएर छोरा अहिले आराममा छन् ।

सम्बन्धित् समाचार