गृहपृष्ठ Featured लियो क्लव र लायन्स क्लव अफ कपिलवस्तु द्धारा ११औं महोत्सवमा निःशुल्क आखाँ शिविर

लियो क्लव र लायन्स क्लव अफ कपिलवस्तु द्धारा ११औं महोत्सवमा निःशुल्क आखाँ शिविर

प्रकाशित मिति:

कपिलवस्तु महोत्सवमा निशुल्क आखाँ शिविर पनि सञ्चालन भएको छ । लियो क्लव अफ कपिलवस्तु र लायन्स क्लव अफ कपिलवस्तुको आयोजनामा सञ्चालित शिविरमा शनिबार १०० बढिले नि शुल्क आखाँको जाँच गराएका छन् ।

शिविर लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको हो ,शिविरमा आईपि पि कृष्ण केसि ,लायन्स क्लव अफ कपिलवस्तुका कोषाध्यक्ष रामसुभागे थारु लगायतको उपस्थिति रहेको थियो । शिविरमा भैरव अप्टिकल आखाँ उपचार केन्द्र ४ नंं जितपुरको प्राविधिक सहयोग रहेको छ । दुई दिन सम्म संचालन हुने शिविरमा आखाँका समस्या भएकाहरुलाई निशुल्क जाँचको व्यवस्था रहेको जनाइएको छ ।

सम्बन्धित् समाचार