गृहपृष्ठ Featured लैंगीक हिंसा सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न

लैंगीक हिंसा सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

कपिलवस्तु नगरपालिकाको वडा नं. ६ मा लैंगिक हिंसा सम्बन्धि एक दिबशीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ . मायादेवी बहुउद्देश्यीय महिला सहकारी संस्था लि. को आयोजना र कपिलवस्तु नगरपालिका वडा न. ६को सहयोगमा १६ दिने लैंंगिक हिंसा सम्बन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एबं नगर उप प्रमुख लक्ष्मी गुप्ता सावले लैंगिक हिंसा अन्त्य गर्नका लागि बिभिन्न सरोकारवालाहरु हातेमालो गरेर अगाडि बड्न आबश्यक भएको बताईन् । उनले लैंगिक हिंसा अन्त्य गर्नका लागि नगर बाट हुने सहयोगका लागि प्रतिबद्धता जनाईन् ।

त्यस्तै नगरपालिकाका सामाजिक बिकास अधिकृत पदमराज श्रेष्ठ , सामाजिक बिकास समितिका संयोजक प्रकाश गैरे , नगरका सल्लाहकार सुरेन्द्रराज लम्सालले मन्तब्य दिदै कार्यक्रममा लैङिगक हिंसा अन्त्य गर्नका लागि एक दिवसीय कार्यक्रमले मात्रै नहुने हुनाले ३ सय ६५ दिन नै आ आफ्नो क्षेत्रबाट विभिन्न संघ संस्था, सरोकारवालाह?ले समन्वय र सहकार्य गरेर अगाडी बढ्न आवश्यकता रहेको बताएका छन् ।

त्यस्तै कार्यक्रममा लैङिगक हिसा, बालविबाह , बहुविवाह सम्बन्ध विच्छेद लगायतका विषयवस्तु माथि अधिबक्ता राजु कुमार श्रीवास्तवले सहजीकरण गरेका थिए । सो अन्तरक्रियामा संस्थाका अध्यक्ष सीता पाण्डेको अध्यक्षता कपिलवस्तु नगरपालिकाका उप प्रमुख लक्ष्मी गुप्ता शावको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै तिलौराकोट स्वास्थ्य चौकीका इन्चार्ज शुवास चन्द्र यादव, महिला वडा सदस्य सरिता गौतम , रामसरी सुनार लगायतको आतिथ्यता रहेको थियो । भने कार्यक्रममा बाल संजालका पदाधिकारीहरु, युवा सञ्जालका प्रतिनिधि, सेयर सदस्य, सल्लाहकारहरु, लेखा समितिका पदाधिकारीहरु लगायत वडाबासी बिभिन्न संजालका महिलाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सय बढीको उपस्थिति रहेको थियो । भने संस्थाका व्यावस्थापक गीता रानाको स्वागत मन्तव्य तथा महिला अधिकारकर्मी पुष्पा रेग्मीको संचालनमा संस्थाको आफ्नै भवनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार