गृहपृष्ठ अन्तरास्ट्रिय खबर भारतमा भएको आगलागीमा ४३ जनाको मृत्यु

भारतमा भएको आगलागीमा ४३ जनाको मृत्यु

प्रकाशित मिति:

नयाँदिल्ली— भारतको राजधानी नयाँदिल्लीको रानी झाँसी रोडमा रहेको पुरानो अनाज मण्डी बजार । त्यसकै साघुँरो गल्लीमा ठडिएका चार देखि छतले घर । प्रत्येक तल्लामा आठ/नौ वटा कोठा । तिनै कोठामा झोला, पर्स, खैलानाका हजारौं ससाना कारकाखाना ।

घरमा तलमाथि गर्ने एउटै साँघुरो भर्‍याङ । कोठाहरू पुरै झ्यालखानाजस्ता । बाटोपट्टिका कोठामा मात्र केही झ्याल ।

कारखानामा काम गर्ने बालबालिका, महिला र पुरुष मजदुरहरू प्रायः जसो बिहार र उत्तरप्रदेशका । तिनीहरूको काम गर्ने र सुत्ने थलो पनि त्यही । न कुनै आपतकालीन द्वार, न सुरक्षा प्रबन्ध । जीर्ण घर भएकाले बिजुलीका तार पनि निकै पुराना । आआफ्नो गाउँघरमा रोजगारीको अवसर नहुँदा विहार र उत्तरप्रदेशबाट हुलका हुल बाँधेर आएका मजुदर दैनिक छाक टार्न दिल्लीका यस्ता असुरक्षित कारखानामा काम गर्नुपर्ने बाध्यता छ ।

आखिर त्यही कठोर र विषद वातावरण एउटा त्रासदीपूर्ण घटनाको कारण बन्यो । सधैंजसो शनिबार राति मध्यरातसम्म जागेको थियो यो बजार । सामान्यतः आइतबार काम नहुने भएकाले शनिबार करिब दुई बजेसम्म कारखानाको काम हुने गर्छ ।

अघिल्लो दिन सामान्य अवस्थामा विश्राम लिएको यो बजारमा भोलिपल्ट भयानाक अनिष्ट हुन्छ भनेर कसैले पनि सोचेको थिएन । आइतबार बिहान करिब साढे पाँच बजारको एक घरबाट एकाएक धूवाँको मुस्लो निस्केसँगै कोलाहल मच्चिन थाल्यो । गल्लीभित्र रहेको एक चारतले घरको दोस्रो तल्लामा रहेको कागज र खेलौना कारखानामा विद्युत् तार सट भएर आगो सल्केको थियो ।

कागजलगायत खेलौना बनाउन प्रयोग हुने अन्य कच्चापदार्थ राखिएकाले पनि आगो तत्काल फैलियो । आगो लागेसँगै निद्राबाट बिउँझिएका मजुदरबीच भागाभाग मच्चियो तर दोस्रो तलाको बाहिर निस्कने ढोकामा ताला लगाएकाले उनीहरूमध्ये कपितयले भने ज्यान जोगाउन सकेनन् ।

आगालागीपछि निसासिएर ३५ जनाको घटनास्थलमै र सात जनाको उपचार क्रममा मृत्यु भयो । १५ जना घाइते भए । तत्कालै घटनास्थल पुगेका विपद व्यवस्थापन सुरक्षादल (एनडीआरएफ) का सदस्यले करिब ५० जनालाई सुरक्षित उद्धार गरेको थियो । आगलागी नियन्त्रणका लागि करिब ३ दर्जन दमकल खटाइएको थियो ।

सम्बन्धित् समाचार