गृहपृष्ठ अन्तरास्ट्रिय खबर मिस युनिभर्स २०१९को ताज पहिरिन् अफ्रिकी युवती टुन्जीले

मिस युनिभर्स २०१९को ताज पहिरिन् अफ्रिकी युवती टुन्जीले

प्रकाशित मिति:

अमेरिका / दक्षिण अफ्रिकाकी सुन्दरी जोजीबिनी टुन्जीले मिस युनिभर्स २०१९को ताज पहिरिएकी छन्। अमेरिकाको जर्जियामा भएको अन्तिम  प्रतिष्पर्धामा अरू सुन्दरीलाईपछि पार्दै ब्वाइजकट कपाल काटेकी टुन्जीले उपाधि हात पारेकी हुन्।

प्राय: सुन्दरी प्रतियोगितामा प्रतियोगीको कपाललाई पनि सुन्दरताको मापन बनाइन्छ। तर टुन्जीको कपाल केटामान्छेको जस्तो छोटो छ।

‘म यस्तो संसारमा हुर्किएँ जहाँ मेरोजस्तो छाला र कपाल हुने महिलालाई कहिल्यै सुन्दर मानिन्नथ्यो,’ उनले भनिन्,‘मलाई लाग्छ त्यो आजदेखि बन्द हुनुपर्छ। बच्चाहरूले मलाई र मेरो अनुहार हेरेर उनीहरूको अनुहार प्रतिबिम्बित भएको देखून् भन्ने चाहन्छु।’

मिस मेक्सिको र मिस पुर्टोरिको मिस युनिभर्सका रनर अप बनेकी छन्।

सम्बन्धित् समाचार