गृहपृष्ठ Featured रहस्यमय बन्दै गोरुसिंगे हत्याकान्ड, सिआईबि टोली कपिलस्तुमा

रहस्यमय बन्दै गोरुसिंगे हत्याकान्ड, सिआईबि टोली कपिलस्तुमा

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेमा भएको हत्याकानन्ड रहस्यमयी बन्दै गएको छ । घटना भएको १० दिन बितिसक्दा पनि अझै हत्याको सहस्य बाहिर आउन सकेको छैन । घटनाका बिषयमा अनुसंधान गर्न केन्द्रिय अनुसंधान ब्युरोको टोली जिल्ला आएको छ ।

हत्या कान्ड रहस्यमयी भए पछि त्यसलाई सुल्झाउन सिआईबिको ३ सदस्यीय टोली आईतावार जिल्ला आएको हो ।। टोलीले आईतावार देखि नै काम सुरु गरेको प्रहरी नायब उपरिक्षक सुनिम मल्लले बताए । उता सो घटनाकालागि ईलाका प्रहरी कार्यालय गोरुस्रिंगका प्रहरी निरीक्षक सुभाष खडकाको नेतृत्वमा अनुसंधान टोली बनाईएको थियो । सिबिआईले घटना स्थलको निरीक्षण, परिवार, छरछिेमेकसंग सोधपुछ समेत गरेको प्रहरी ्रश्रोतले जनाएको छ ।

गत मंसिर १३ गते पौडलेको आफनै घरमा बिभत्स हत्या गरिएको थियो । घटनको आरोपमा मृतककी बुहारी लक्ष्मी पौडेललाई प्रहरीले पक्रेको थियो । उनलाई अदालतबाट म्याद थपेर अनुसंधा जारी राखेको छ । पौडेल आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका थिए । १३ गते दिउसोे घटना भए पनि प्रहरीले साझ ७ बजे मात्र घटना बारे थाहा पाएको थियो ।

सो हत्या लक्ष्मीले नै गरेको मृतकका परिवारहरुको आरोप छ । घटनाको ४० दिन अघि दुबई रहेका मृतका छोरा शंकरले बुवको हत्या आफनै ्रश्रीमतिले गरेको दाबी गर्छन । घटना बारे थााहा पाएर घर फर्केका उनले श्रीमिति र आफु बिच दिनहु झै झगडा भईरहने र श्रीमितिले बुवा, आमा र दिदीलाई धम्की दिने गरेको बताए ।

मृतकका परिवार अनुसार घटनको दिन लक्ष्मी र मृतक पौडेल घरमै थिए । ढाडी काटीरहेको पौडेललाई लक्ष्मीले आफना २ बर्षे छोरालाई टीबी खोल्न बोलाएर त्यही घरमै रहेको दाउले हत्या गरेका थिए । हत्या पछि लक्ष्मीले नै सुसुरा हराएको र घरमा चोर आएको बिषयमा प्रहरीमा जानकारी गराएकी थिईन । मृतकका आफन्तले गरेको फोन नलाने पछि खैलाबैला मचिएको थियो । खोजबिन गर्दा पौडेल टीबी कोठामा बिभत्स हत्या गरिएको अवस्थामा भेटिएका थिए । शवमाथी सिरक , ब्ल्याङकेट कपडा थियो ।, त्यही कपडाको बिचबाट लक्ष्मीको मोबाईल समेत भेटिएको मृतकका छोरा शंकले बताए । शंकरले श्रीमतिले आफनो बुवाको योजनााबद्धढंगबाट हत्या गराएको बताए । घटनाको एक दिन अघि काठमाण्डौ जान हडिेकी लक्ष्मी गोरुसिंगेमा रहेको ईटालीन होटलमा अर्को नाम गरेर बसेको भेटिएको छ । त्यही होटलमा रहदा एक अपरिचित अपरिचित पुरुषले लक्ष्मीको छोरालाई ल्याएका थिए ।

स्टाप नर्स पढेकी लक्ष्मीसंग पैसाका बिषयमा श्रीमान र परिवारसंग किचालो हुने गरेको थियो । शंकर अनुसार लक्ष्मीले दिएको सात लाख बढी पैसाको समेत हिसाब दिन सकेकी थिईनन । लक्ष्मी र उनका श्रीमन शंकर सासु ससुरा बिच लामो समय देखि हुदै आएको बिवादको दःखद अन्त्य भएको छिमेकीहरु बताउछन । छिमेकी अनुसार सो घटनामा लक्ष्मी कै प्रत्यक्ष हात रहेको बताउ छन । पौडेलको घाँटी, टाउँको र शरीरका अन्य विभिन्न स्थानमा गम्भिर चोट थियो । उनी अर्घाखाँचीबाट बसाईसरेर गोरुसिंगे आएका हुन् ।उनी मंसिर १३ गतेदेखि हराएका थिए । उनी हराएको भन्ने सुचनाको आधारमा प्रहरलिे खोजविन गर्दा कोठामा मृत अवस्थामा फेला परेका थिए् ।

सम्बन्धित् समाचार