गृहपृष्ठ Featured ईटा उद्योगहरुलाई बालश्रम रहित उद्योगको रुपमा विकास गर्नुपर्ने अहिलेको आवश्यकता

ईटा उद्योगहरुलाई बालश्रम रहित उद्योगको रुपमा विकास गर्नुपर्ने अहिलेको आवश्यकता

ईटा उद्योगहरुलाई बालश्रम रहित ईटा उद्योगको रुपमा विकास गर्नुपर्ने अहिलेको आवश्यकता भएको सरोकारवालाले बताएका छन् । बेटर ब्रिक नेपाल परियोजनाले रुपन्देहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा श्रमिक मैत्री ईटा उद्योग प्रवर्धनमा सचेतना अभिवृद्धि गरेर दिगो विकासमा जोड दिनुपर्ने आवश्यकता भएको बताइएको छ । 

ग्लोबल फेयरनेश इनिसिएटिभको सहयोग, नेपाल गुडविभ फाउण्डेशन र घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपाल, उद्योगी व्यवसायीको संयुक्त साझेदारीमा संचालित परियोजना अन्तरगत ईटा उद्योगलाई बालश्रम रहित उद्योग बनाउन सफल भएको बताइएको छ । प्रदेश नं.५ को कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्ला कार्यक्षेत्र रहेको परियोजनाले १८ वटा इटा उद्योगमा काम गर्दछ । ती इटा उद्योगमा परियोजनाले कामदारको हक अधिकार सुनिश्चित गर्न स्थानीय सरकार तथा उद्योग व्यवसायीसंग समन्वय गरेर बालश्रम रहित ईटा उद्योगको रुपमा रुपान्तरण गर्ने अभियान संचालन गरेको । जस अन्तरगत ३ जिल्लाका १२ ईटा उद्योग बालमैत्री तथा ५ ईटा उद्योग श्रमिकमैत्री ईटा उद्योगको मापदण्ड पुरा गरेर बालअधिकार सुनिश्चित गरेको बताइएको छ ।

कार्यक्रममा जिएफआईका राष्ट्रिय निर्देशक सुरेश पण्डितले श्रमिकमैत्री ईटा उद्योगको प्रवर्धनका लागि पत्रकारहरुले उपभोक्तालाई सचेत गराउनुपर्ने बताए । उनले नेपालको निर्माण क्षेत्रमा महत्वपूर्ण हिस्सा ओगटेको ईट्टा उद्योगहरुको उत्पादन, बालश्रम मुक्त तथा श्रमिक मैत्री ईटा उद्योगको बजारीकरणमा आम उपभोक्ता चनाखो हुनुपर्ने समय आएको बताए । श्रममैत्री सामाग्रीहरु उत्पादन गर्ने ईट्टा उद्योगलाई प्रोत्साहन गर्दै तीनै तहका सकारले प्रवर्धन गर्दै बजारीकरण र प्रचार प्रसारको सवैको सहयोग आवश्यक भएको पण्डितले बताए । कार्यक्रम संयोजक दुर्गा अर्यालले परियोजनाको उपलब्धी बताउदै उपभोक्ता चनाखो र उद्योगी व्यवसायीको उत्तरदायित्वले मात्र समृद्ध समाज र दिगो विकास हुने बताए ।

पत्रकार सम्मेलन कार्यक्रम जिएफआईका राष्ट्रिय निर्देशक सुरेश पण्डितको अध्यक्षता, घर घरमा शिक्षा तथा आत्मनिर्भरविकास संस्था नेपालका अध्यक्ष थानकला पौडेलको स्वागत र संस्थाका कम्पलयन्स अपिसर रोमलाल खनालको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार