गृहपृष्ठ Featured मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश

मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश

प्रकाशित मिति:

मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुले राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारी प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरेको छ । मंगलबार समाजद्धारा इलाका प्रशासन कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवाली समक्ष प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाइएको हो ।

 

समाजले ज्ञापनपत्रमा नेपालको सार्वभौम अखण्डतालाई वेवास्ता गरी हालै भारत सरकारबाट सार्वजनिक भएको नक्सामा नेपालको अखण्ड भूभाग दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा कैद गरी सार्वजनिक गरिएको प्रति मानब अधिकार तथा शान्ति समाज नेपाल कपिलवस्तुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एकातिर नोपालीको सार्वभौमसत्ता र अखण्डतामा गम्भीर आँच आएको छ भने अर्कोतर्फ मानव अधिकारको ठाडो उल्लङघन गरिएको छ । यस दुःखद अवस्थामा त्यस क्षेत्रमा बसोबास गर्ने नेपालीको दैनिकी र मानव अधिकारको रक्षा गर्नको लागि पनि उच्च सरकारी स्तरमा वार्ता र संवादको खाँचो महसुस गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वर्तमान अवस्थामा व्यापक रुपमा बढिरहेको भ्रष्टाचार मानव अधिकारको उल्लङघन र दण्डहिनताको अवस्थाले देशको वर्तमान अवस्था अत्यन्तै कमजोर बन्दै गइरहेको छ । नागरिकले ढुक्क भएर बाँच्ने अधिकार समेत कुण्ठीत भइरहेको हुनाले मानव अधिकार र सामाजिक न्यायको प्रत्याभूत गर्न प्रधानमन्त्रीलाई जोडदार माग गरिन्छ विज्ञप्तीमा भनिएको छ ।

मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुका सभापति गोविन्द पोख्रेलको अध्यक्षतामा नागरिक समाजका सल्लाहकार धर्मराज घिमिरे, हर्टविट एफएमका अध्यक्ष कृष्णप्रसाद भट्टराई, स्टेसन म्यानेजर ओमप्रकाश पौडेल, लुम्बिनि दर्पण अनलाइनका प्रबन्ध निर्देशक सुरेन्द्र पाण्डे, पत्रिकाका प्रबन्ध निर्देशक मोहन बेल्बासे, अनलाइनका सम्पादक भरतराज न्यौपाने, समाजसेवी, बुद्धिजिवी, लगायतको उपस्थितीमा ज्ञापन पत्र बुझाइएको हो ।

ज्ञापनपत्र बुझ्दै इलाका प्रशासन कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले प्रधानमन्त्री समक्ष पुर्याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित् समाचार