गृहपृष्ठ खबर नवलपरासीमा मनाइयो अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

नवलपरासीमा मनाइयो अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

उमेश बि.क / नवलपरासी , २५ मंसिर /

७१ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मंगलबार मनाइएको छ ।

यसै अवसर पारेर नवलपरासीको पाल्हिन्नदन गाउँपालिका वडा नं १ मा अवस्थित सहिद चाेक महेशपुरमा दिप प्रज्वलन तथा राइट फर राइस्टस अभियान समुदघाटन कार्यक्रम सम्पन्न भएको छ।

हरेक वर्ष डिसेम्बर १० दिन विश्वभर यो दिवस मनाउने गरिएको छ र नवलपरासीमा पनि अाज ” दिगाे बिकाशकाे अाधार सबैकाे लागि मानव अधिकार “भन्ने अवधारणका साथ विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

 

सन् १९४८ को डिसेम्बर १० मा संयुक्त राष्ट्रसंघको महासभाले मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र स्वीकार गरेको थियो । त्यहि दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो । मानवअधिकार रक्षाको क्षेत्रमा ‘माइल स्टोन’ मानिएको यो घोषणा पत्र जारी भएको मंगलबार ७१ वर्ष पुगेको छ ।

एम्नेष्टी इन्टरनेसनल समूह ३१ परासीकाे अायाेजनामा समूहका अध्यक्ष सद्दाम हुसेन अन्सारीको अध्यक्षतामा तथा प्रदेश सभा सदस्य बैजनाथ जैसवाल एवम् पाल्हिन्नदन गाउँपालिका उपाध्यक्ष पबित्रा काेहारकाे बिशिस्ट अातिथ्यतामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न तथा राइट फर राइस्टस अभियान समुदघाटन भएको हाे।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रदेश सभा सदस्य जैसवालले मुलुकमा संघिय लाेकतान्त्रिक गणतन्त्र प्राप्ति पछि तीन तहको सरकार बनेको छ । स्थानीय सरकार , प्रदेश सरकार र संघिय सरकार याे तिन तहको सरकारकाे एउटै उद्देश्य रहेकाे छ, मुलुक अगाडि बढाउन र मानव अधिकार संरक्षण र प्रबर्द्वन गर्न। मानव अधिकार उल्लङ्घनका घटनाहरू बढ्दै गएको पाइएको छ यस्काे मुख्य कारण हाे अज्ञानता र अशिक्षा । मानव अधिकारको संरक्षण, सम्बर्द्धन र परिपूर्ति राज्यले गर्ने भएता पनि नागरिकहरूले पनि मानव अधिकारको संरक्षणमा आफ्नो दायित्व भूल्न नहुने कुरामा जोड दिएका थिए । साथै मानव अधिकार उलंघन गर्नेलाई स्थानीय तहबाटै कडाभन्दा कडा सजाय दिनुपर्ने बताउदै कसैलाइ समस्य तथा मानव अधिकार उलंघन भएको भए लिखित रुपमा अाएकाे खण्डमा प्रदेश सरकारबाट जाेडदार तरिकाले समस्या समाधानका निम्ति अवाज उठाउने कुरामा प्रतिब्द्वता जाहेर गर्नुभएको थियाे।

त्यस्तै पाल्हिन्नदन गाउँपालिका उपाध्यक्ष काेहारले महिलाहरू घरकै काममा बाँधिनुपर्ने बाध्यताले महिला हिंसा तथा घरेलु हिंसाका घटना समाजमै लुकीछिपी रहिरहेको बताइन् । उनले राज्यले महिलाका निम्ति दिएका हक र अधिकार पनि प्रचार प्रसारको अभाव र महिलाहरूमा रहेको अज्ञानताका कारण प्रभावितसम्म नपुग्ने गरेको बताइन् । महिला हिंसा बढेको बताउदै मानव अधिकारकाे लागि हामी गाउँपालिका उपाध्यक्षहरु निरन्तर रुपमा लागेकाे बताउदै मानव अधिकार रक्षाकाे लागि सबै ब्यक्तिलाग्नु पर्ने कुरामा जाेड दिनुभएको थियाे

कार्यक्रममा वडा नं. २ वडा अध्यक्ष रामनगिना सिंह ,नेपाली काङ्ग्रेसका नेता राजेन्द्र सहानि, एम्नेष्टी इन्टरनेसनल समूह ३१ का निवर्तमान अध्यक्ष बिजय जैयसवाल ,जितेन्द्र गुप्ता लगाएतले हरेक व्यक्तिलाई आफ्नो जीवन स्वतन्त्र रुपमा बाँच्ने र त्यसमा बिस्तारको खोजी गर्ने अवसर हुनु पर्छ, चाहे जुनसुकै वर्ग, क्षेत्र वा समुदायसँग उसको सम्बन्ध होस् ।छालाको रंग, समाजमा प्रचलित जाति व्यवस्था, वर्ग, धर्म, यौनिकता, लिंग, भाषा, राजनीतिक विचारधारा, राष्ट्रिय तथा सामाजिक उत्पति, जन्म र हैसियतका आधारमा कुनै पनि व्यक्तिमाथि विभेद गर्नु हुँदैन र सबै मानिसको अधिकार मानव भएर उत्कृष्ट जीवन बाँच्न पाउने अधिकार रहेको कुरामा जाेड दिइएका थिए।

एम्नेष्टी इन्टरनेसनल समूह ३१ परासीकाे संयाेजक सद्दाम हुसेन अन्सारीले राइट फर राइस्टस हस्ताक्षर अभियानबाट हरेक देशको समस्याकाे पहिचान गरि जस्तै एसिड अाक्रमण ,बालबालिकालाई फासिकाे सजाय तथा कानुनि फन्दामा निर्दाेष फसेकालाई एम्नेष्टी इन्टरनेसनल मुख्य कार्यालय लंदनबाट हस्ताक्षरबाट समस्या समाधानको लागि सरकारलाई दबाब दिने कुराबारे बताएका हुन ।

सम्बन्धित् समाचार