तर, बिहीबार सरकारले भने बिदा दिएकै छैन। गृहमन्त्रालयका सहप्रवक्ता उपसचिब उमाकान्त अधिकारीले बिहीबार सार्वजनिक बिदा नदिएको जानकारी दिए।
खासमा बिहीबार बिदा भएको समाचार भाइरल हुनुको कारण २०७५ मा भएको एक निर्णयले हो। तत्कालीन संस्कृतिक पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र गृहमन्त्री रामबहादुर थापाले २०७६ मा थप गरिने विदाबारे एक निर्णय गरेका थिए।

सो निर्णयमा उँधौली पर्वका अवसरमा मंसिर २६ गते बिदा प्रस्ताव गरिएको थियो। सो प्रस्ताव भने पारित भइनसकेकाले बिहीबार उँधौलीका अवसरमा सार्वजनिक बिदा नहुने भएको हो।








