गृहपृष्ठ Featured प्रतिस्पर्धात्मक बन्दै नवौं कपिलवस्तु डान्स आईडल

प्रतिस्पर्धात्मक बन्दै नवौं कपिलवस्तु डान्स आईडल

११ औ कपिलवस्तु महोत्सवको सातौै दिन बुधवार सम्म आई पुग्दा कपिलवस्तु डान्स आइडिएल छनौटको प्रतिस्पर्धात्मक बन्दै गएकाे छ। कुल २० जनावाट शुरु भएको प्रतिस्पर्धामा अव ८ जना मात्र वाकी रहेका छन् । सोही क्रममा यता डान्स आईडिलएल तर्फ भने बेष्ट पर्फमेन्स अफद डे को उपाधी सुरक्षा अधिकारीले पाएकि छन ।महोत्सवको सातौ दिन अर्थात बुधवार प्रतिक अधिकारी डान्स आईडिएलको छनौटबाट बाहिरीएको संयोजक अमृत के ‍सी‍ ले जानकारी दिए । १ लाख ११ हजार १सय ११ राशीको नगद पुरस्कार र चाँदिको सुपर क्यप हात पार्न अव ८ जना उच्च कसरतमा लागि परेका छन् । त्यस्तै द्धितृय हुनेले नगद रु ६६,६६६ तृतिय हुनेले ४४, ४४४ र सान्तवना हुनेले २२,२२२ साथै थुर्पै आर्कषक पुरस्कार पाउने आयोजक बाणगंगा वेलफेयर सोसाइटीका निबर्तमान अध्यक्ष पदम सेनले बताएका छन ।

महोत्सवमा दैनिक हुदै आएको नवौ डान्स आइडलको प्रस्तुतीका साथमा स्थानीय कलाकारको प्रस्तुती रहने गरेको छ । राष्ट्रिय कलाकारको प्रस्तुती संगै दर्शकले मनोरन्जन लिई रहेका छन् । यसै क्रममा महोत्सवको सातौै दिन बुधवार ९ हजार दर्शकले महोत्सवको अवलोकन गरेको महोत्सव मुल आयोजक समितीका निर्देशक तथा वाणगंगा वेलफेयर सोईटीका महासचिव दिनेश क्षेत्रीले जानकारी दिए ।

सम्बन्धित् समाचार