गृहपृष्ठ Featured एघारौं कपिलबस्तु महोत्सबको आठौं दिन(आज) बिहीवारका चर्चित कलाकारहरु

एघारौं कपिलबस्तु महोत्सबको आठौं दिन(आज) बिहीवारका चर्चित कलाकारहरु

कपिलबस्तुको बाणगंगा बुद्धरङ्गशालामा जारीे एघारौं कपिलबस्तु महोत्सबको आठौं दिन बिहीवार चर्चित आधुनिक तथा पप गायिका तृषना गुरुङ्ग , लोक तथा दोहोरि गायक खुमन अधिकारी, रेनु राना मगर ,हास्य तर्फ कमला रेग्मी लगाएतको बिशेष प्रस्तुती रहने जनाइएको छ ।यता सातांै दिन ९ हजार दर्शकहरुले महोत्सव अबलोकन गरेका छन । युवा क्षमतामा अभिबृद्धि कृषि र पर्यटनमा समृद्धि भन्ने नाराका साथ मंसिर १९ गतेबाट सञ्चालन भईरहेको महोत्सव दिनप्रतिदिनको माहोल अझौ तात्दै गएको छ । बुधवार लोक तथा दोहोरी गायक शिव हमाल र लोक तथा दोहोरी गायिका शान्ति श्रि परियार र अमित बरालको प्रस्तुतीले दर्शकहरु लाई मनोरञ्जन दिएका थिए ।

सम्बन्धित् समाचार