गृहपृष्ठ Featured एघारौं कपिलबस्तु महोत्सबको शुक्रवारका चर्चित कलाकारहरु

एघारौं कपिलबस्तु महोत्सबको शुक्रवारका चर्चित कलाकारहरु

हरि घिमिरे ,मंसिर २६
कपिलबस्तुको बाणगंगा बुद्धरङ्गशालामा जारीे एघारौं कपिलबस्तु महोत्सबको नवौं दिन आधुनिक गायक प्रमोद खरेल , लोक तथा दोहोरी गायिका सम्झना लामिछाने ,दिपु मगर ,अर्जुन मिश्रा लगाएतको बिशेष प्रस्तुती रहने सांस्कृतिक संयोजक राजन आलेले जनाकारि दिए । त्यस्तै आठौं दिन ११ हजार दर्शकहरुले महोत्सव अबलोकन गरेका छन । युवा क्षमतामा अभिबृद्धि कृषि र पर्यटनमा समृद्धि भन्ने नाराका साथ मंसिर १९ गतेबाट सञ्चालन भईरहेको महोत्सव दिनप्रतिदिनको माहोल फरक हुँदै गएको छ । आठौं दिन बिहीवार चर्चित आधुनिक तथा पप गायिका तृषना गुरुङ्ग , लोक तथा दोहोरि गायक खुमन अधिकारी, रेनु राना मगर ,हास्य तर्फ कमला रेग्मीको प्रस्तुतीले दर्शकहरु लाई मनोरञ्जन दिएका थिए ।

सम्बन्धित् समाचार