गृहपृष्ठ Featured पर्यटनमा समृद्धि ल्याउनका लागि कपिलवस्तुका युवाहरुले उडाए ११औं महोत्सवमा हेलिकप्टर

पर्यटनमा समृद्धि ल्याउनका लागि कपिलवस्तुका युवाहरुले उडाए ११औं महोत्सवमा हेलिकप्टर

पर्यटनमा समृद्धि ल्याउनका लागि कपिलवस्तुका युवाहरुले उडाए ११औं महोत्सवमा हेलिकप्टर

कपिलबस्तुको बाणगंगा बुद्धरङ्गशालामा जारीे एघारौं कपिलबस्तु महोत्सबको आठौ दिन बाट तिन दिनका लागि हेलिकप्टरको उडान सुरु भएको छ । आठौ दिन सम्म आईपुग्दा ५५ हजारदर्शकहरुले महोत्सव अबलोकन गरेको आयोजकले जनाएको छ । हेलिकप्टर आगमनसंगै बिहीवार दर्शकहरु बढेका छन् । युवा क्षमतामा अभिबृद्धि कृषि र पर्यटनमा समृद्धि भन्ने नाराका साथ मंसिर १९ गतेबाट सञ्चालन भईरहेको महोत्सवमा हेलिकप्टर आए संग संगै महोत्सवको रैनकता तात्दै गएको हो । मंसिर २६ ,२७ र २८ गते सम्म ल्याउने भनिएको हेलिकप्टरमा चढ्नका लागि आईताबारबाट नै टिकटको ब्यवस्था गरिएको हो । हेलिकप्टरको विषयमा जानकारी लिन आउने धेरै पाइएकाले उडानमा राम्रो सहभागिता जुट्ने आयोजकको भनाइ छ । ७ मिनटको उडानकालागि ५ हजार २सय रुपैया भाडा तय गरिएको निर्देशक दिनेश क्षेत्रिले वैखरी लाई जानाकारी दिए ।

सम्बन्धित् समाचार