पर्यटनमा समृद्धि ल्याउनका लागि कपिलवस्तुका युवाहरुले उडाए ११औं महोत्सवमा हेलिकप्टर
कपिलबस्तुको बाणगंगा बुद्धरङ्गशालामा जारीे एघारौं कपिलबस्तु महोत्सबको आठौ दिन बाट तिन दिनका लागि हेलिकप्टरको उडान सुरु भएको छ । आठौ दिन सम्म आईपुग्दा ५५ हजारदर्शकहरुले महोत्सव अबलोकन गरेको आयोजकले जनाएको छ । हेलिकप्टर आगमनसंगै बिहीवार दर्शकहरु बढेका छन् । युवा क्षमतामा अभिबृद्धि कृषि र पर्यटनमा समृद्धि भन्ने नाराका साथ मंसिर १९ गतेबाट सञ्चालन भईरहेको महोत्सवमा हेलिकप्टर आए संग संगै महोत्सवको रैनकता तात्दै गएको हो । मंसिर २६ ,२७ र २८ गते सम्म ल्याउने भनिएको हेलिकप्टरमा चढ्नका लागि आईताबारबाट नै टिकटको ब्यवस्था गरिएको हो । हेलिकप्टरको विषयमा जानकारी लिन आउने धेरै पाइएकाले उडानमा राम्रो सहभागिता जुट्ने आयोजकको भनाइ छ । ७ मिनटको उडानकालागि ५ हजार २सय रुपैया भाडा तय गरिएको निर्देशक दिनेश क्षेत्रिले वैखरी लाई जानाकारी दिए ।