एघारौ कपिलवस्तु महोत्सवमा दर्शकको इच्छा अनुसार राष्ट्रीय कलाकारहरु महोत्सवमा आएको सास्कृतिक संयोजक राजन आलेले बताएका छन । दर्शकहरुको आग्रह र माग अनुसार राष्ट्रीय कलाकारहर कपिलवस्तु महोत्सवमा ल्याइएको संयोजक आलेले बताए । आठौ दिनसम्म आइ पुग्दा लोक दोहोरी तर्फ खुमन अधिकारी, प्रिति आले, राम जि खाण, दुर्गेश थापा, शान्ती श्री परियार, प्रजापति पराजुली आधुनिक तर्फ तृष्णा गुरुङ, सुगम पोखरेल लगायतले आआफनो प्रस्तुती राखी सकेका छन । त्यस्तै अवकाबाँकी दिनमा पनि दर्शकको इच्छा अनुसार कलाकारहरु बोलाईने संयोजक आलेले वैखरी अनलाइनलाई जानाकारि दिए ।









