गृहपृष्ठ विविध २ दिने समुह व्यवस्थापन,नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

२ दिने समुह व्यवस्थापन,नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

प्रकाशित मिति:

अमर बहादुर विश्वकर्मा
कपिलवस्तु
मंसिर २७
स्ट्रोम फाउण्डेसनको आर्थिक सहयोगमा किर्डाक नेपालको सहजीकरणमा तथा विद्याज्योति,साहासी ज्ञानज्योति,समृद्धि स्वाबलम्बन समुहलाई समुहको व्यवस्थापन र नेतृत्व विकास क्षमता अभिवृद्धि सम्बन्धि तालिम बुद्धभूमी नगरपालिका वडा नं ४ बुड्ढीमा सम्पन्न भएको छ ।
तालिममा स्वावलम्वन समुहका सदस्यहरुलाई समुह व्यवस्थापन,बैठक संचालन,समुहको आवश्यकता र महत्व,प्रभावकारी संचारर,पैरवी,वकालत,संगसंगै समुहको वार्षिक योजना निर्माण र नेतृत्व विकास क्षमता अभिवृद्धि गराउने उद्देश्य को लागि तालिम संचालन गरिएको छ ।
तालिममा विभिन्न किसिमको समुह कार्य लाई झल्काउने भिडियो,विभिन्न कथाहरु संगै सहभागितामूलक औजारहरुको प्रयोग गरी सबै सहभागिहरु लाई समूह कार्य,छलफल , प्रर्दशन,समुह प्रस्तुति,अन्तरक्रिया गराएर तालिमलाई प्रभावकारी रुपमा सिकाई लाई आदान प्रदान का साथ तालिम सहजीकरण गरिएको थियो ।
तालिममा विद्याज्योति स्वावलम्बन समुहका अध्यक्ष रेखा चौधरी यस तालिम पश्चात समुहलाई अगाडि बढाएर लैजानका लागि तालिम एकदम प्रभावकारी रहेकोले समुहका सबैजना समुहलाई अगाडि बढाउनका लागि आग्रह गर्नु भएको छ ।
पछाडि परेको समुदाय तथा विभिन्न सामाजिक कुरिती तथा कुःसंस्कार ले झेलिएको हाम्रो समाजलाई रुपान्तरण गर्नका लागि सबैजनाको चेतना तथा व्यवहारमा परिवर्तन हुन जरुरी हुन्छ र यो किर्डाक नेपालले संचालन गरेको संवाद कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।
तालिम ४ ओटा स्वावलम्बन समुहलाई २ ठाउँमा विभाजन गरेर संचालन गरिएको थियो र बुद्धभूमि नगरपालिकामा संचालन भएको १६ वटा स्वाबलम्बन समुहमा नै संचालन गर्ने किर्डाक नेपालका सामुदायिक सहजकर्ता राजेश कुमार चौधरीले बताउनु भएको छ ।

सम्बन्धित् समाचार