गृहपृष्ठ खबर रजहरको अमर स्कुलले “रजत महोत्सव” मनाउने

रजहरको अमर स्कुलले “रजत महोत्सव” मनाउने

प्रकाशित मिति:

देवचुली १६ रजहरमा रहेको अमर ईङ्लिस स्कुलले आफ्नो २५ औँ बार्षिक उत्सवको अवसरमा रजत महोत्सव गर्ने भएको छ । महोत्सव मंसिर ३० गते देखि पौष ४ गते सम्म संचालन हुने शुक्रबार विद्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो ।

पत्रकार सम्मेलनमा कार्यक्रमको बारेमा जानकारी गराउदैँ विद्यालयका प्रध्यानध्यापक पदम बरालले रजत महोत्सवको ५ दिने कार्यक्रम रहेको जानकारी गराउनु भयो । जस अन्तर्गत मंसिर ३० गते पहिलो दिन शोभा यात्रा तथा उद्घाटन समारोह, पौष १ गते बृहत रक्तदान तथा अन्तर विधालय नृत्य प्रतियोगिता, पौष २ गते ज्येष्ठ नागरिक सम्मान तथा खुल्ला भजन प्रतियोगिता, पौष ३ गते भू.पू शिक्षक, विधार्थी तथा अभिभावक पुनर्मिलन कार्यक्रम, यस्तै कार्यक्रमको अन्तिम दिन पौष ४ गते गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई नगद रु १ लाख सहयोग हस्तान्तरण गरिने बताउनु भयो ।

साथै प्रधानाध्यापक बरालका स्व. बाबुआमाको स्मृतीमा देवचुली माध्यमिक विधालयमा रु १ लाखको अक्षयकोष स्थापना गरिने बताउनुभयो । वि.स २०५१ सालमा देवचुली १६ रजहरमा स्थापना भएको विद्यालयले गुणस्तरिय शिक्षालाई जोड दिदैँ आइरहेको प्रधानाध्यापक बरालले बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरा प्रसाद शर्माले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण विधालयका शिक्षक पदम भुर्तेलले गर्नुभएको थियो ।

सम्बन्धित् समाचार