गृहपृष्ठ खबर रजहरको अमर स्कुलले “रजत महोत्सव” मनाउने

रजहरको अमर स्कुलले “रजत महोत्सव” मनाउने

देवचुली १६ रजहरमा रहेको अमर ईङ्लिस स्कुलले आफ्नो २५ औँ बार्षिक उत्सवको अवसरमा रजत महोत्सव गर्ने भएको छ । महोत्सव मंसिर ३० गते देखि पौष ४ गते सम्म संचालन हुने शुक्रबार विद्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो ।

पत्रकार सम्मेलनमा कार्यक्रमको बारेमा जानकारी गराउदैँ विद्यालयका प्रध्यानध्यापक पदम बरालले रजत महोत्सवको ५ दिने कार्यक्रम रहेको जानकारी गराउनु भयो । जस अन्तर्गत मंसिर ३० गते पहिलो दिन शोभा यात्रा तथा उद्घाटन समारोह, पौष १ गते बृहत रक्तदान तथा अन्तर विधालय नृत्य प्रतियोगिता, पौष २ गते ज्येष्ठ नागरिक सम्मान तथा खुल्ला भजन प्रतियोगिता, पौष ३ गते भू.पू शिक्षक, विधार्थी तथा अभिभावक पुनर्मिलन कार्यक्रम, यस्तै कार्यक्रमको अन्तिम दिन पौष ४ गते गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई नगद रु १ लाख सहयोग हस्तान्तरण गरिने बताउनु भयो ।

साथै प्रधानाध्यापक बरालका स्व. बाबुआमाको स्मृतीमा देवचुली माध्यमिक विधालयमा रु १ लाखको अक्षयकोष स्थापना गरिने बताउनुभयो । वि.स २०५१ सालमा देवचुली १६ रजहरमा स्थापना भएको विद्यालयले गुणस्तरिय शिक्षालाई जोड दिदैँ आइरहेको प्रधानाध्यापक बरालले बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरा प्रसाद शर्माले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण विधालयका शिक्षक पदम भुर्तेलले गर्नुभएको थियो ।

सम्बन्धित् समाचार