विश्वसंग प्रतिस्पधा गर्न सक्ने शिक्षा आजको आवश्यकता रहेको पूर्व कृषि मन्त्री चक्रपाणी खनाल बलदेवले बताउनु भएको छ । स्वतन्त्र विद्यार्थी युनियन बाणगंगा बहुमुखि क्याम्पस लौगाईमा विद्यार्थी बधाई, शुभकामना, सम्मान र विद्यार्थी स्वागत कार्यक्रमलाई सम्बोधन गदै मन्त्री खनालले यस्तो बताउनुभएको हो । उहाँले देशको आवश्यकता व्यस्थापन, प्राविधीक र कृषि शिक्षामा निर्भर रहेको हुँदा सरकारले यसलाई मध्यनजर गदै गुणस्तरिय शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले कृषिबाट देश छिटो विकास हुने बताउदै अहिले कृषि लाई बचाउने मात्रै होईन किसानलाई अनुदान दिएर किसान बचाउने अभियानमा सरकारल लागेको बताउनुभयो । ६६ प्रतिशत कृषि पेशा अङगाल्ने मानिस राष्ट्रमा भएको हुर्दा कृषि पेशालाई समान गर्नु पर्ने तर्क गर्नुभयो । उहाँले जिल्लाको दक्षिण भेगका मायादेवी र शुद्धोधन गाउँपालिकामा शिक्षाको स्तर अझै पनि कमजोर रहेको बताउँदै शुद्धोधन गाउँपालिकामा ५० लाखको लागतमा कन्या क्याम्पस खोलेको बताउनु भयो । त्यस्तै यस वर्ष मायादेबी गाउँपालीका पनि ५० लाख विनियोजन गरि क्याम्पस खोल्ने बताउनुभयो । राष्ट्रमा विकासले छिटो फड्को मार्न अन्य भेगका छोरीहरुले जस्तै दक्षिणी भेगका छोरीहरुले पनि पढ्नु पर्ने उहाँको धारण रहेको छ । त्यस्तै नगर शिक्षा प्रमुख बाबुराम भट्राईले बढ्दो चाप सगै विद्यार्थीले घर, समाज, छिमेकी जिल्ला, राष्ट् मा मात्रै होईन अब विश्वमै प्रतिस्पर्धा गर्न सक्नु पर्नेे बताउनुभयो । ठुलो कक्षाको नतिजा राम्रो ल्याउन सानो कक्षाको जग बलियो हुनु पर्ने बताउदै नगर शिक्षा प्रमुख भट्राईले क्याम्पसको इतिहास नै राम्रो भएको बताउदै अगामी दिनमा अझै राम्रो नतिजाको अपेक्षा रहेको बताउनु भयो । त्यस्तै वडा अध्यक्ष गुणनिधि भुषालले क्याम्पसले छोटो समयमा धेरै उपलब्धी हासिल गरेकोमा प्रशंसा गदै बाणगंगा बहुमुखि क्याम्पस समाजमा उत्कृष्ट नागरिक उत्पादन गर्ने विद्यालय भएको बताउनु भयो ।
कार्यक्रममा वाणगंगा बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख डिभी रेश्मी, वाणगंगा उच्च माविका प्रार्चाय कुलराज पौडेल, वाणगंगा बहुमुखि क्याम्पसका बरिष्ट सदस्य तथा कार्यबाहक अध्यक्ष डवल सिंह जिसि, स्नातक दोस्रो वर्षका विकास भट्राई लगायतले कार्यक्रममा बोल्दै यस क्याम्पसले निरन्तर राम्रो नतिजा ल्याएको दावी गर्नु भयो । क्याम्पसले शुक्रबार एक दशक पुरा गरेको बताउदै क्याम्पस र विद्यालयलाई थप व्यवस्थित गर्न अबको वर्ष देखि स्नातकोत्तर पढाई सुरु गर्न पहल गरेको बताउनु भएको छ । स्ववियु सभापति माधव पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक लक्ष्मण पुरीले सञ्चालन गर्नु भएको थियो । वाणगंगा बहुमुखि क्याम्पस त्रिभुवन विश्वविद्यालय अन्तर्गत बीबीएस तथा बि.एड चौथों वर्ष २०७६को नतिजामा राष्ट्रको ९ औं स्थान, प्रदेशको ४ आंै स्थान र जिल्लाको नतिजाको हिसाबले प्रथम भएको थियो । ८२ प्रतिशत ल्याएर राष्ट्र ९ आंै स्थान हासिल गर्ने विद्यार्थी सुमित पौडेल लगायत उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थीलाई प्रमाण प्रत्रसंगै मायाको चिनोले सम्मान गरिएको थियो ।








